site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाथीभरामा केबलकार बनाउने कुरा शान्तिपूर्ण संवादबाट टुंग्याउनुपर्छ : महत
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले ताप्लेजुङको पाथीभरा मन्दिर पुग्नका लागि केबलकार बनाउने विषयमा भएको विवाद शान्तिपूर्ण संवादबाट टुंग्याउनुपर्ने बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले ताप्लेजुङवासीको परम्परा र संस्कृतिको संरक्षण हुनेगरी केबलकार बनाउनुपर्ने बताए ।

उनले पाथीभरामा केबलकार निर्माण गर्न सके त्यहाँको आर्थिक गतिविधि चलायमान हुने विश्वास व्यक्त गरे । केबलकार बनाउन सके पर्यटकको संख्यामा वृद्धि हुने भएका कारण त्यहाँको स्थानीय उत्पादनले स्थान पाउने र रोजगारीको अवसर समेत सिर्जना हुने उल्लेख गरे । केबलकार निर्माणको विषयमा भइरहेको विवाद मिलाउन सरकार लागिपरेको समेत स्पष्ट पारे ।

"पाथीभराको जुन अत्यन्तै पवित्र तीर्थस्थल छ, त्यहाँका आदिवासी, जनजाती, किराँत सबैको पवित्रस्थल हो । समग्र सनातन धर्मावलम्वीहरूको तीर्थस्थल हो । त्यहाँको इतिहास, संस्कृति, सभ्यता र त्यहाँका नामाकरणको विषय समेत ठिक छ । केबलकारले ५०औँ गुणा पर्यटकको संख्या बढाउँछ । संख्या बढ्ने बित्तिकै त्यहाँको आर्थिक गतिविधि चलायमान हुन्छ," उनले भने, "त्यहाँको सबै परम्परा र संस्कृतिको सम्मान र संरक्षण गरेर केबलकार बन्यो भने राम्रो हुन्छ ।  त्यसको लागि सरकार लागि रहेको छ । सबै कुराहरू शान्तिपूर्ण संवादको माध्यमबाट टुंग्याउनुपर्छ । उहाँहरूका जायज गुनासाहरूलाई सरकारले पनि सम्बोधन गर्नुपर्छ ।"

ताप्लेजङको पाथीभरा मन्दिर जाने केबलकार बनाउने विषयमा पक्ष र विपक्षबीच विवाद हुँदै आइरहेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  १६:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro