site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकारले संसद्को प्रक्रिया मिच्यो : प्रमुख सचेतक पाण्डे

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले सरकारले संसद्को प्रक्रिया मिचेको आरोप लगाएका छन् । 

बिहीबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै उनले विधायनसम्बन्धी विधेयकमा आफूलाई मन लागेको कुरा समावेश गरेर पास गर्न खोजेको आरोप लगाए ।

उनले समितिबाट सर्वसम्मत पास भएर आएको प्रतिवेदन संसद्‌मा प्रस्तुत गर्दा जनतालाई झुक्याउने प्रयास गरेको आरोप लगाए । कानुन निर्माण जस्तो गम्भीर विषयमा आफूलाई मन लागेका कुराहरू घुसाउने र बहुमतको धाक लगाउने कार्य गलत भएको जिकिर गरे । उनले सरकारले कानुन मिचेर अध्यादेश ल्याएको समेत आरोप लगाए ।

आजको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा पेस गरेका थिए ।

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  १७:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro