site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रचण्डले बोल्ने दिन किन संसद् गएनन् प्रधानमन्त्री ?
फाइल तस्बिर।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य समस्याका कारण प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल 'प्रचण्ड'ले संसद्लाई सम्बोधन गरेको दिन (बिहीबार)उपस्थित हुन नसकेको खुलेको छ । प्रचण्डले सम्बोधन गर्न लागेको विषय प्रधानमन्त्रीको जानकारीमा भए पनि स्वास्थ्य समस्याका कारण उपस्थित हुन नसकेको नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले बताए ।

बिहीबार प्रतिनिधिसभा बैठकमा नेकपा (माओवादी) केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले आफूले बोल्ने समयमा प्रधानमन्त्री उपस्थित नभएको भन्दै गुनासो गरेका थिए ।

शुक्रबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा प्रमुख सचेतक बर्तौलाले प्रधानमन्त्री संसद्‌मा उपस्थित हुने तयारीमै रहँदा स्वास्थ्यमा असहजता भएपछि आउन नसकेको बताए । 

"प्रमुख प्रतिपक्षी दलका नेताले माघ २४ गतेको बैठकमा बोल्दै हुनुहुन्छ भनेर सम्बन्धित पार्टीका प्रमुख सचेतकज्यूले मलाई जानकारी गराउनुभएको थियो । यो विषय प्रधानमन्त्रीज्यूको जानकारीमा समयमै पुगेको समेत अवस्था हो । हिजो उहाँ आउने तयारीमा पनि हुनुहुन्थ्यो, तर उहाँलाई सहजता भएन । स्वास्थ्यमा समस्या भएको कारणले उहाँको हिजो कुनै पनि सार्वजनिक कार्यक्रमहरू रहेन । त्यसले गर्दा उहाँ हिजो आउन नसक्नु भएको हो । अरू कुनै कारण भएर नआउनुभएको होइन, स्वास्थ्यको असहजताले गर्द आउनुभएन," उनले भने ।

संसद्‌मा प्रधानमन्त्रीले सम्बोधन गर्दा प्रमुख प्रतिपक्षी दलका नेतालाई निम्त्याउने र प्रमुख प्रतिपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री पनि उपस्थित रहने प्रचलन छ । तर, बिहीबार प्रतिपक्षी दल नेता बोल्दा प्रधानमन्त्री ओली प्रतिनिधिसभा बैठकमा उपस्थित थिएनन् ।

प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  १७:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro