site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
‘क्यान इन्फोटेक २०२५’ सुरु, पाँच दिनसम्म चल्ने

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघको आयोजनामा बिहीबारदेखि ‘एचएमसी नेपाल हिक्सेमी क्यान इन्फोटेक २०२५’ सुरु भएको छ । राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा पाँच दिनसम्म सञ्चालन हुने क्यान इन्फोटेकको यो ३०औँ संस्करण हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले एक विशेष समारोहमाझ एआई रोबोटको सहयोगमा डिजिटल दियो बालेर क्यान इन्फोटेकको औपचारिक गरेका छन् । मन्त्री गुरुङले क्यान इन्फोटेकले सूचना प्रविधि क्षेत्रमा नयाँ सम्भावना र अवसरहरू सिर्जना गर्ने विश्वास व्यक्त गर्दै निजी क्षेत्रसँग सहकार्यका लागि आह्वान गरे । “तपाईंहरू मेहनत र हिम्मतका साथ काम गर्नुहोस्, नेपाललाई आईटी हबको रूपमा चिनाऔँ,” मन्त्रीले निजी क्षेत्रको प्रयासको सराहना गर्दै सरकारको तर्फबाट ठोस नीति र कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरे ।

Dabur Nepal

सो अवसरमा बोल्दै क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले सूचना प्रविधि सम्बन्धी नयाँ नीति, कानुन तथा निर्देशिकाहरूमा क्यान महासंघले समन्वयकारी भूमिका खेलिरहेको बताउँदै यो क्षेत्रमा देखिएका समस्याको हल नीतिगत तवरबाटै हुनुपर्नेमा जोड दिइन् । निजी क्षेत्र र सरकार मिलेर प्रविधिको क्षेत्रमा धेरै काम गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । १० वर्षमा पाँच लाख प्रत्यक्ष र १० लाख अप्रत्यक्ष रोजगारी तथा ३० खर्बको आईटी सेवा निर्यातका लागि कार्ययोजना बनाउन मन्त्रालयसँग काम गर्न खोजेको समेत उनले बताइन् ।

यस पटक मुख्य आकर्षणमा एआईमा आधारित क्यामेरादेखि ह्युमनाइड रोबोट र सेल्फ ड्राइभिङ कारसम्म रहेको छ । त्यस्तै, क्यान इन्फोटेकमै राष्ट्रिय परिचयपत्रको लाइभ इनरोलमेन्ट सुविधा दिइएकाले अवलोकनकर्ताको आकर्षण देखिएको छ । क्यान इन्फोटेकमा साइबर सुरक्षा सहायता डेस्कदेखि विद्यार्थीहरूले तयार पारेका डेटा साइन्स, सेन्सर टेक्नोलोजी, आर्टिफिसियल इन्टेलिजेन्स, रोबोटिक्स लगायतका प्रोजेक्ट राखिएका छन् ।

साथै, क्यान इन्फोटेकमा नास्टको स्मार्ट बसमा बसेर एआई कोडिङ गर्न सकिने भएको छ । क्यान महासंघ र नास्टले इच्छुक विद्यार्थीलाई यो अवसर सदुपयोग गर्न आह्वान गरेका छन् । त्यस्तै, क्यान इन्फोटेक २०२५ मा पहिलो पटक नेपालमै निर्मित मुनाल स्याटलाइट समेत अवलोकन गर्न सकिने छ ।

क्यान महासंघका महासचिव चन्द्र विलास भूर्तेलले क्यान इन्फोटेकमार्फत नेपाली नवप्रवर्तन, अनुसन्धान र आविष्कारका क्षेत्रका सक्रिय उत्पादन तथा प्रतिभालाई प्रोत्साहन गरिएको बताए । प्रदर्शनीमा सहभागी कम्पनीहरूले आफ्ना वस्तु तथा सेवाहरू उपभोक्तामाझ प्रवर्द्धन गर्दै ‘क्यान इन्फोटेक अफर’ अन्तर्गत छुट योजना सार्वजनिक गरेका छन् । साथै, कम्पनीहरूले उपभोक्तासँग नजिक हुन अन्तर्क्रिया र रमाइला खेलहरू पनि सञ्चालन गरेका छन् ।

नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको ठूलो उत्सवका रूपमा परिचित क्यान इन्फोटेकलाई भव्यताका साथ आयोजना गर्न नेपाल सरकार, सम्बन्धित निकायहरू, सूचना प्रविधि व्यवसायी, नीति निर्माता, विज्ञ, शिक्षण संस्था, सञ्चारकर्मी र प्रविधिप्रेमी सर्वसाधारणलाई क्यान महासंघले विशेष आह्वान गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  १९:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
CAN Banner adCAN Banner ad
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro