site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सुपर माछाखोला जलविद्युत् आयोजनामा राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने

काठमाडौं । गोरखाको धार्चे गाउँपालिका–४, लाप्राकमा निर्माण गरिने ४.६ मेगावाट क्षमताको सुपर माछाखोला जलविद्युत् आयोजनामा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लगानी गर्ने गरी ऋण सम्झौता भएको छ । उक्त आयोजनामा लगानीसम्बन्धी सम्झौतापत्रमा बूढीगण्डकी हाइड्रोपावरका तर्फबाट अध्यक्ष खगेन्द्र न्यौपाने र बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले हस्ताक्षर गरेका हुन् ।

कुल ९६ करोड ३८ लाख ३० हजार रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी लगानी हुनेछ । प्रवद्र्धक कम्पनीका अनुसार, ऋणतर्फ राष्ट्रिय वाणिज्य बैंकले ६७ करोड ४६ लाख ८० हजार रुपैयाँ लगानी गर्नेछ । बाँकी २८ करोड ९१ लाख ५० हजार रुपैयाँ स्वपुँजी लगानी हुनेछ ।

आयोजनाबाट वार्षिक २७.३७९ गिगावाट आवर विद्युत् उत्पादन हुनेछ । वर्षामा १८.६२१ गिगावाट आवर र हिउँदमा ८.७५ गिगावाट आवर बिजुली उत्पादन हुनेछ ।

यो समूहले यसअघि सोही क्षेत्रमा तोकिएको अवधिभन्दा ६ महिनाअघि ४.५५ मेगावाट क्षमताको विकास हाइड्रोपावर जलविद्युत् आयोजना निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ ।

समूहले यो आयोजना आउँदो १८ महिनाभित्र सञ्चालनमा ल्याउने जनाएको छ । ०८० असार २१ गते नेपाल विद्युत् प्राधिकरणसँग आयोजनाको विद्युत् खरिद–बिक्रीसम्बन्धी सम्झौता भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  १५:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
विरोध प्रदर्शन अराजक नहोस् ! 
विरोध प्रदर्शन अराजक नहोस् ! 
Hamro patroHamro patro