काठमाडौं । गल्फ इन्टरनेसनलको ‘पीजीएम’ मिट सम्पन्न भएको छ । नेपालमा गल्फ लुब्रिकेन्ट्सको उत्पादन एवं बिक्री गर्ने नेपाल ल्युब आयल लिमिटेडले धनगढी, नेपालगन्ज र सुर्खेतमा रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्ससँग भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न गरेको हो ।
नेपाल ल्युब आयल लिमिटेडका आधिकारिक पार्टनर धनगढीको सयपत्री स्टोर्स, नेपालगन्जको रवि ट्रेडर्स र सुर्खेतको दिपु एन्ड दर्शना अटो पाट्र्सको सहकार्यमा उक्त कार्यक्रमको आयोजना भएको थियो ।
धनगढीमा सम्पन्न कार्यक्रममा एनएटीयू–नेपाल अटो मेकानिक्स ट्रेड युनियनका केन्द्रीय सदस्य रामनरेश चौधरी एवं नम्बर ‘घ’ का पूर्वअध्यक्ष रूपलाल चौधरीको उपस्थिति थियो ।
यस्तै, नेपालगन्जमा सम्पन्न कार्यक्रममा बाँके अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष नरेन्द्र ओली, उपाध्यक्ष सविन घिमिरेलगायत उपस्थित थिए ।
सुर्खेतमा सम्पन्न कार्यक्रममा एनएटीयूका केन्द्रीय उपाध्यक्ष रतन न्यौपाने र कर्णाली प्रदेशका प्रमुख मोहम्मद मिजन अन्सारी उपस्थित थिए ।
रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्स (पीजीएम) मिट कार्यक्रम छलफल गर्न र सम्बन्धलाई थप बलियो बनाउन आयोजना गरिएको कम्पनीले जनाएको छ ।