site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
ट्रम्पको ‘गाजा योजना’बारे ह्वाइट हाउसले दियो यस्तो स्पष्टीकरण

काठमाडौं । अमेरिकी राष्ट्रपतिको कार्यालय, ह्वाइट हाउसले गाजा सम्बन्धी राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनाको बारेमा स्पष्टीकरण दिएको छ । 

ह्वाइट हाउसका प्रवक्ताले ट्रम्प गाजाको पुनर्निर्माण र त्यहाँका मानिसलाई अस्थायी रूपमा स्थानान्तरण गर्न प्रतिबद्ध रहेको बताएका छन् । यद्यपि, ट्रम्पले स्थानान्तरण स्थायी हुनसक्ने बताएका छन् ।

अमेरिकी विदेशमन्त्रीले यो गाजाको पुनर्निर्माणको लागि राम्रो  प्रस्ताव भएको बताएका छन् ।

गाजाबाट प्यालेस्टिनीहरूलाई निकालेर अर्को ठाउँमा स्थानान्तरण गर्ने मुद्दाको पाँच प्रमुख अरब देशहरूले विरोध गरेका छन् ।

यस विषयमा इजिप्टको राजधानी कायरोमा इजिप्ट, जोर्डन, संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया, कतार, प्यालेस्टिनी प्राधिकरण र अरब लिगका विदेशमन्त्रीहरूको बैठक बसेको थियो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले प्यालेस्टिनीहरूलाई गाजाबाट हटाएर इजिप्ट र जोर्डनमा बसोबास गराउनुपर्ने बताएका थिए ।

गाजालाई ‘विनाशको ठाउँ’ भनेर वर्णन गर्दै ट्रम्पले भनेका थिए, “तपाईंहरू एक लाख हजार मानिसको बारेमा कुरा गर्दै हुनुहुन्छ । हामी त्यो सम्पूर्ण ठाउँलाई मेटाउनेछौँ  । कदम अस्थायी वा दीर्घकालीन जे पनि हुनसक्छ ।” बीबीसी
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  ०७:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro