site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वृद्धभत्ता बुझेर फर्किने बेला भिरबाट लडेर मृत्यु

गोरखा । वृद्धाभत्ता बुझेर फर्कने बेला भिरबाट लडेर एक वृद्धको मुत्यु भएको छ । जिल्लाको भीमसेन थापा गाउँपालिका–४ काशीखोलाका ७५ वर्षीय चूडामणि काप्रीको भिरबाट लडेर मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी निरीक्षक नवीन गिरीले आइतबार घरबाट वृद्धाभत्ता बुझ्न निस्किएका काप्री घर नफिर्कएपछि खोजी गर्दा भिरबाट लडेर मृत्यु भएको अवस्था आज बिहान शव फेला परेको जानकारी दिए । 

उनका अनुसार घ्याम्पेसालस्थित बैंकमा वृद्धभत्ता बुझेर फर्किने क्रममा उनको वडा नम्बर–२ स्थित सेतो पहरे भन्ने ठाउँमा भिरबाट खसेर मृत्यु भएको हो ।

काप्रीको शव बाटोदेखि झन्डै दुई सय ५० मिटर तल खसेको अवस्था भेटिएको निरीक्षक गिरीले बताए । “वृद्धाभत्ता बुझेर घर नर्फिएपछि प्रहरीको टोली र आफन्तले सोही दिनदेखि खोजी गरेका थियौँ । आज बिहान करिब ७ बजे उहाँको शव फेला परेको हो,” उनले भने ।

घटनास्थलमा पुगेर प्रहरीको टोलीले शवको मुचुल्का बनाएर अत्येष्टिका लागि आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  १५:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro