काठमाडौं । सिद्धार्थ हस्पिटालिटीले ‘क्यान्सरविरुद्धको खाना’ अभियान सुरु गरेको छ । सिद्धार्थ ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीइओ) कृष्ण न्यौपानेले विश्व क्यान्सर दिवसका अवसरमा माघ २२ गतेदेखि उक्त अभियान सुरु गरिएको घोषणा गरेका हुन् ।
“क्यान्सरविरुद्धको खाना अभियान सफल पार्न विभिन्न प्रवर्द्धनात्मक कार्यक्रम तय गरिएको छ, जसमा पोषणयुक्त खाना, क्यान्सरबारे जानकारसँग वर्कसप र पोडकास्ट, समुदायको संलग्नता, स्वास्थ्य विज्ञसँगको साझेदारी र सहकार्य, कर्मचारीका लागि तालिम र सामाजिक सञ्जालमार्फत सचेतना अभियान शीर्षकमा कार्यक्रम सञ्चालन गरिनेछ,” सीईओ न्यौपानेले भने ।
सिद्धार्थ हस्पिटालिटीका अनुसार खानामार्फत क्यान्सर रोगविरुद्ध लड्न जागरुकता जगाउनका लागि ‘विशेष स्वस्थकर मेनु’को तयार गरिनेछ । ताजा फलफूल, हरियो सागपात, अन्न, ओमेगा–३ युक्त खाना, एन्टी इन्फ्लेमेटरी मसलाभएको खानालाई क्यान्सर रोगविरुद्धका खानाका रुपमा प्रचारप्रसार गरिनेछ ।
अभियानमा सेफहरूले स्वस्थकर खाना कसरी पकाउने भनेर प्रत्यक्ष रूपमा जानकारी दिनेछन् । अभियानअन्तर्गत नै सिद्धार्थ हस्पिाटलिटीअन्तर्गतका होटेल तथा रेष्टुरेन्टका डाइनिङ टेबलमा पोषण खानासम्बन्धी जानकारी दिने कार्डहरू राखिनेछन् ।
साथै, क्यान्सर रोग विशेषज्ञसँग कार्यशाला र पोडकास्ट अन्तर्वार्ता पनि सञ्चालन गरिनेछ । जसमा पोषण तथा क्यान्सरविरुद्धसँग योजनाबद्ध खानपान, अस्वस्थकर खाद्यपदार्थ पहिचान तथा सही परिणाममा कसरी भोजन गर्ने विषयबारे जानकारी दिइनुका साथै छलफल गरिनेछ । त्यस अवसरमा सहभागीहरूले विज्ञसँग अन्तर्क्रियात्मक छलफल गर्न पाउने कम्पनीको भनाइ छ ।
क्यान्सरविरुद्ध जनचेतना जगाउने उद्देश्यले समुदायको संलग्नतालाई पनि प्राथमिकता दिइनेछ । यस अभियानमा सहभागीहरूले ‘कुक टु कम्ब्याट क्यान्सर’ शीर्षकमा आफूलाई मनपर्ने रेसिपीबारे अरुलाई बताउन सक्नेछन् । उत्कृष्ट रेसिपीलाई सिद्धार्थ हस्पिटालीको
यस अभियानलाई प्रवर्द्धन गर्न सिद्धार्थ हस्पिटालिटीले विभिन्न मेनुमा विशेष छुटको अफर समेत सुरु गर्ने कम्पनीको भनाइ छ ।