site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फोनपे बिल्समार्फत बिमा प्रिमियम तिर्न सकिने

काठमाडौं । फोनपे बिल्सले ग्राहकलाई आफ्नो मोबाइल बैंकिङ एपमार्फत बिमा प्रिमियम भुक्तानी गर्दा १०० प्रतिशत क्यास ब्याक जित्ने अवसर ल्याएको छ । बिमाको प्रिमियम सहज रूपमा तिर्न प्रोत्साहन गर्न यो योजना ल्याइएको कम्पनीले जनाएको छ ।

यसअन्तर्गत तीन विजेताले आफ्नो बिमा प्रिमियम तिर्दा १०० प्रतिशत क्यास ब्याक प्राप्त गर्नेछन् । यो योजनाको अवधि यही माघ ३० गतेसम्म कायम गरिएको कम्पनीले जनाएको छ ।

यसमा सहभागी हुन ग्राहकले आफ्नो मोबाइल बैंकिङ एपमार्फत फोनपे बिल्सको माध्यमबाट बिमा प्रिमियम तिर्नुपर्ने हुन्छ ।

भुक्तानी सफल भएपछि १०० प्रतिशत क्यास ब्याक जित्ने लक्की ‘ड्र’का निम्ति योग्य हुने कम्पनीले जनाएको छ ।

फोनपे बिल्सको माध्यमबाट ग्राहकले बिजुली, पानी, टीभी, इन्टरनेट, ईएमआई, सरकारी राजस्व, शिक्षा, एयरलाइन्स र अरू सेवाको बिल आफ्नो मोबाइल बैंकिङ एपमार्फत तिर्न सकिन्छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१  १६:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro