site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
जलवायु परिवर्तन विश्वको प्रमुख चिन्ता : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तन विश्वको प्रमुख चिन्ताको विषय भएको बताएका छन् । बेलायतका राजकुमार एडवार्डबीच मंगलबार राष्ट्रपति भवन शीतलनिवासमा भएको शिष्टाचार भेटमा उनले समस्या समाधानका लागि सबै मिलेर काम गर्नुपर्ने आवश्यकता औंल्याए ।

“जलवायु परिवर्तन आज विश्वको प्रमुख चिन्ताको विषय बनेको छ, जलवायु परिवर्तनको प्रत्यक्ष मारमा परेको नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा हिमाल संरक्षणको विषयलाई प्रमुखताका साथ आवाज उठाउँदै आएको छ,” राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै प्रेस सल्लाहकार किरण पोखरेलले भने ।

नेपालले सगरमाथा संवादको थालनी गर्न लागेको राष्ट्रपति पौडेलले जानकारी गराए । उक्त मञ्चको पहिलो संस्करण आगामी १६ देखि १८ मेसम्म काठमाडौंमा 'जलवायु परिवर्तन, हिमाल र मानवको भविष्य' विषयमा आयोजना हुँदैछ ।

राष्ट्रपति पौडेलले बेलायतका राजपरिवारका सदस्यहरूबाट विभिन्न समयमा हुँदैआएका नेपाल भ्रमणले दुई देशबीच रही आएको बताए । सुमधुर सम्बन्धलाई अझ मजबुत पार्न योगदान दिएको उनको भनाइ छ । नेपाल भ्रमणका लागि बेलायतका राजकुमार एडवार्ड धर्मपत्नी सोफीयासहित आजै काठमाडौं आएका हुन् ।

एडवार्डले जलवायु परिवर्तनले पारेको असर र त्यसको न्यूनीकरणमा नेपालले गरेको प्रयासबारे भ्रमणका क्रममा जानकारी हुने विश्वास व्यक्त गरे । बेलायतको राजपरिवारका सदस्यबाट नेपाल आउने प्रयास भइरहेको र नेपाल आउँदा आफूलाई अत्यन्त खुसी लागेको बताए । राजकुमारले नेपाल बेलायतबीच भविष्यमा सहयोगको आदानप्रदान गर्दा युवा र महिला सशक्तिकरणको विषय सान्दर्भिक हुने बताए ।

 

प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१  १७:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro