काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको एकदिवसीय ‘सेल्स ट्रान्सफरमेसन सेसन’ सम्पन्न भएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा चालु आर्थिक वर्षको दोस्रो त्रैयमासको व्यापार समीक्षा गर्दै आर्थिक वर्ष २०८१/८२ को बाँकी समयावधिको लागि सेल्स रणनीतिको तर्जुमा गरिएको थियो ।
कम्पनीका सञ्चालक कमलेशकुमार अग्रवालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली, नेशनल सेल्स हेड उमापति पोखरेललगायत उच्च व्यवस्थापकहरू तथा प्रादेशिक प्रमुखहरूको सहभागिता थियो ।
कार्यक्रममा बोल्दै कम्पनीका सञ्चालक अग्रवालले नेपाल लाइफ जीवन बिमा उद्योगको मार्ग प्रदर्शकको रूपमा रहेको र अहिले हासिल गरेको उपलब्धिभन्दा धेरै माथिको उपलब्धि ल्याउन सक्ने प्रचुर सम्भावना बोकेको बताए ।
नेपाल लाइफको टिम बिमा उद्योगमा नै सबैभन्दा उत्कृष्ट रहेको र यस टिमको परिचालनले उद्योगमा आमूल परिवर्तन ल्याउनेमा आफू निर्धक्क रहेको र सो लक्ष्य प्राप्तिका निम्ति सहजकर्ताको भूमिका निर्वाह गर्न सञ्चालक समिति सकारात्मक रहेको बताए ।
कार्यक्रमामा बोल्दै प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले कम्पनीले उत्कृष्ट प्रदर्शन गरेको र सोलाई मूर्तता प्रदान गर्न सहयोग गर्ने अभिकर्ता, कर्मचारी तथा सरोकारवालाहरूलाई धन्यवाद तथा शुभकामना व्यक्त गरे । आम नेपाली नागरिकबीच अझै पनि बिमासम्बन्धी सचेतना पर्याप्त रूपमा नपुगेको हुँदा बिमा बजारमा प्रचुर सम्भावना रहेको पराजुलीले बताए ।
कम्पनीले इनोभेटिभ प्रोडक्टहरू मार्केटमा ल्याइरहेको र आगामी दिनमा पनि यस्ता प्रोडक्टहरू मार्केटमा ल्याएर बिमा बजारको विस्तारमा भूमिका निर्वाह गर्नका निम्ति कार्यारम्भ भइसकेको उनले बताए ।
कर्मचारीहरूको दक्षता अभिवृद्धि गर्नका निम्ति विभिन्न तालिमहरू सञ्चालन गर्दै आएको र यसलाई निरन्तरता समेत प्रदान गर्ने प्रतिबद्धता पराजुलीले गरे ।