site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
आरटीसी भुटान बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा

काठमाडौं । इटहरी राजा फुटबल क्लबलाई ४–१ गोल अन्तरले हराउँदै आरटीसी भुटान २५औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको खेलमा इटहरी राजा क्लब र आरटीसी भुटानबीच भएको खेलको नवौँँ मिनेटमा भुटानका सोनम एसहेले गोल गर्दै अग्रता दिलाएका थिए ।

Dabur Nepal

दोस्रो हाफको सातौँ मिनेटमा भुटानका सोनम जुद्रु जोइजाङले गोल गरेका थिए भने १४औँ मिनेटमा कर्मा जोम्सोले र अन्तिम गोल नन्दय एसेनले गरे । दास्रो हाफकै ३१औँ मिनेटमा इटहरी राजा क्लबका खेलाडी एलक्सले सान्त्वना गोल फर्काउन सफल भए ।

आजको खेलको म्यान अफ दी म्याच सोनम एसहे घोषित भए । उनले नगद १० हजार र ट्रफी प्राप्त गरे । प्रतियोगितामा आठ टिमको सहभागिता छ । मंगलबारको अन्तिम क्वाटर फाइनल खेल एनआरटी क्लब काठमाडौं र केएफटीसी झापाबीच हुने आयोजकले जनाएको छ ।

यही माघ २६ सम्म हुने प्रतियोगिताका विजेताले ट्रफीसहित १० लाख र उपविजेताले नगद पाँच लाख पुरस्कार पाउनेछन् । उत्कृष्ट खेलाडीले नगद एक लाख र प्रत्येक खेलको प्लेयर अफ दी म्याच हुनेले १५ हजार, सर्वाधिक गोलकर्ताले ३५ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकले जनही २५ हजार पुरस्कार पाउने आयोजकले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  २३:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro