site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेपाली बजारमा आयो टाटाको ‘नेक्सन केथ्री इभी’, मूल्य ४८ लाख ९९ हजार

काठमाडौं । विद्युतीय गाडी निर्माता टाटा मोटर्सले नेक्सन ब्रान्डको नयाँ संस्करण ‘नेक्सन केथ्री इभी’को नेपाली बजारमा भित्र्याएको छ । टाटाको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले आइतबार गैरीधारामा आयोजित एक समारोहकाबीच ४५ किलोवाट ब्याट्री क्षमताको नयाँ नेक्सनको डिजाइन सार्वजनिक गरेको हो । कम्पनीले यसको बुकिङ समेत खुला गरेको छ ।

कम्पनीका अनुसार नयाँ ४५ किलोवाट ब्याट्री क्षमता भएको यस सीयुभी (क्रसओभर युटिलिटी भेहिकल) नवीन प्रविधि, आकर्षक डिजाइन, उच्च कार्यकौशलता एवं अत्याधुनिक आरामदायी सुविधा छ ।

Argakhachi Cement Island Ad

नेक्सन केथ्री.इभीको सुरुआती मूल्य ४८ लाख ९९ हजार रुपैयाँ रहेको छ । साथै, सुरुआती अफरमा ग्राहकहरूलाई ७.२ किलोवाटको एसी फास्ट चार्जर गाडीसँगै निःशुल्क उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

‘‘सिप्रदी ट्रेडिङ प्रा.लि. र टाटा मोटर्स बीचको सहकार्यमा पहिलोपटक विद्युतीय गाडी नेक्सन ईभी प्राइम २०२१ मा नेपालमा बिक्री/वितरण सुरु गरिएको थियो । यसलाई नेपाली ग्राहकहरूले अत्यधिक रूपमा मनपराई दिनुभयो । ग्राहकहरूको त्यही विश्वासलाई आत्मसाथ गर्दै हामीले नेपालको ईभी ईको सिस्टममा लगानी गर्यौँ । अहिले हामी गर्वका साथ भन्न सक्छौँ कि सिप्रदीले नेपालको सबैभन्दा ठूलो ईभी ईको सिस्टम, जसमा १८५ भन्दा बढी चार्जिङ स्टेसन, १६ भन्दा बढी सर्भिस सेन्टरबाट सेवा प्रदान गर्दै आइरहेको छ,” सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले भने ।

 

प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  १८:१२
प्रतिक्रिया दिनुहोस्