प्रविधि
काठमाडौं । इन्टरनेट सेवामा आएको समस्या हटेको छ । सबैजसो इन्टरनेट सेवाप्रदायक र टेलिकम कम्पनीको इन्टरनेटमा आइतबार बेलुकी समस्या देखिएको थियो ।
भारतको उत्तर प्रदेश र बिहार क्षेत्रमा अपस्ट्रिम प्रदायकको फाइबर केबलमा क्षति हुँदा नेपालमा इन्टरनेट सेवामा समस्या भएको थियो । हाल त्यो समाधान भइसकेको छ र इन्टरनेट चल्न थालेको छ ।
प्रकाशित मिति: आइतबार, माघ २०, २०८१ २३:२०
प्रतिक्रिया दिनुहोस्