अर्थ व्यवसाय

काठमाडौं । पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले १२ सय मेगावाटको बुढीगण्डकी जलाशय आयोजना अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
सोमबार प्रतिनिधिसभामा बजेटमाथिको छलफलका क्रममा उनले बुढीगण्डकी जलाशय राष्ट्रको आवश्यकता भएको बताए । उनले यसको मोडालिटी स्पष्ट पारेर निर्माण गर्न सुझाए ।
बुढीगण्डकी आयोजना आगामी वर्षको बजेटमा समावेश गरिएको छैन । सरकारले मुआब्जा वितरणमा मात्रै ५० अर्ब रुपैयाँ खर्च गरिसकेको छ । आयोजना बनाउन तीन खर्ब रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ ।
प्रकाशित मिति: सोमबार, असार २, २०८२ १३:०८
प्रतिक्रिया दिनुहोस्