site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जसपा नेपालको कार्यकारिणी समिति बैठक थप एकदिन लम्बियो

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक थप एकदिनका लागि लम्बिएको छ। पार्टी अध्यक्ष उपेन्द्र यादवद्वारा प्रस्तुत कार्यसूची र एजेन्डामाथिको छलफल निर्धारित समयभित्र नटुंगिएकोले बैठक लम्बिएको हो ।

ललितपुरको बालकुमारीमा शनिबारदेखि सुरु भएको कार्यकारिणी समितिको बैठक सोमबार ११ बजे पुनः बस्नेगरी आइतबार साँझ छलफल स्थगित भएको अध्यक्ष यादवको निजी सचिवालयले जनाएको छ ।

आइतबारको बैठकमा पार्टी सुदृढीकरणका लागि चार महिनादेखि केन्द्रदेखि वडास्तरसम्मै जारी संगठन विस्तार अभियानको समीक्षा भएको छ । क्षेत्रगत प्रगति विवरणसहित भएको छलफलमा उक्त अभियान अत्यन्तै उत्साहजनक, प्रभावकारी र परिणाममुखी भएको निस्कर्ष निकालिएको जनाइएको छ । यसअघि पहिलो र दोस्रो दिन सदस्यहरूले आ–आफ्नो जिम्मेवारी र तोकिएको क्षेत्रगत अभियानको प्रगति विवरण प्रस्तुत गरेका थिए ।

बैठकमा पार्टीको केन्द्रीय सल्लाहकार समिति गठनका नामावली संकलन गरिएको छ । सोमबारको बैठकले संकलित नामावलीबाट समितिको नेतृत्व र अन्य बाँकी सदस्यहरू चयन गर्नेछ ।

तीनजना विभागीय प्रमुखसहित ३५ सदस्यीय कार्यकारिणी समितिमा नयाँ सदस्य थप्नेगरी यसअघि गठित कार्यदलले प्रस्तुत गरेको प्रतिवेदनउपर सोमबार छलफल हुने कार्यसूची छ ।

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  २०:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro