site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गोर्खा सैनिकलाई एनआरएनको सूचीबाट हटाउन बिगेसोकाे माग
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी

काठमाडौं । ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो)ले बेलायत, भारत सिंगापुर र ब्रुनाइमा गोर्खा भर्तीको नाममा हुने विभेदकारी सम्झौता खारेजीको माग गरेको छ ।

आइतबार पत्रकार भेटघाट कार्यक्रम राख्दै बिगेसोले सन् १९४७ को सन्धिसार लिइँदै आएको गोर्खा भर्ती अवैध रहेको भन्दै खारेजी हुनुपर्ने माग राखेको हो ।

उक्त सन्धिमार्फत भर्ती भएका गोर्खा सैनिकमाथि हुने विभेद, श्रम शोषण र मानवधिकार हनन् हुने भन्दै उक्त असमान सन्धि खारेजी हुुनपर्ने माग राखेको हो ।

उक्त सन्धिअनुसार ब्रिटिस सेनाको नाममा बेलायतले नेपाली नागरिकले सिंगापुर र बनाइ प्रहरीमा पठाएर मावन तस्करी गरेको आरोप समेत लगाएको छ ।

त्योबाहेक बिगेसोले बेलायत सेनामा भर्ती भएका नागरिकलाई गैरआवासीय नेपाली (एनआरएन)को सूचीमा राखेकोबारे आपत्ति जनाएको छ ।

विगेसोले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘‘नेपाल सरकारको सन् १९४७ को सन्धिअनुसार बेलायती सेनामा भर्ती भएका गोर्खाहरुको संविधानप्रदत्त वंशजको नेपाली नागरिता पाउने अधिकारी सरकारबाट नै खोसिएको छ । सरकारको उक्त निन्दनीय कदम भर्त्सनायोग्य छ । यस्तो कमदबारे सरकारको ध्यान यथा शीघ्र जाओस् ।’’

475118565_1212663723540228_4104657315260927508_n-1738496262.jpg

475093716_1129295292031094_7223764127770823412_n-1738496262.jpg

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  १७:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro