खेल
काठमाडौं । त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय टी–ट्वान्टी शृंखलाअन्तर्गत आजको खेलमा नेपालले टस हारेर नेदरल्यान्ड्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै भएको टसमा नेदरल्यान्ड्सकी कप्तान बाबेट डी लिडेले टस जितेर ब्याटिङ रोजिन् ।
जारी प्रतियोगितामा नेपालले यसअघि खेलेको दुवै खेलमा हार बेहारेको थियो । नेपाल आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको थियो भने दोस्रो खेलमा थाइल्यान्डसँग चार विकेटको पराजित भएको थियो ।
पहिलो खेलमा नेपाललाई पराजित गरेको नेदरल्यान्ड्स आफ्नो दोस्रो खेलमा थाइल्यान्डसँग आठ विकेटले पराजित भएको थियो । रासस
प्रकाशित मिति: आइतबार, माघ २०, २०८१ १२:२४
प्रतिक्रिया दिनुहोस्