site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
सीजीमार्फत नेपालमा भित्रियो मोटोरोला, यस्ता छन् नयाँ सार्वजनिक फोनको मूल्य र फिचर

काठमाडौं । मोटोरोलाले नेपाली बजारमा आफ्ना स्मार्टफोन सार्वजनिक गरेको छ । फोनको बजारमा आफ्नो छुट्टै इतिहास बोकेको कम्पनी चौधरी ग्रुपमार्फत नेपाली बजारमा भित्रिएको हो ।

बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै कम्पनीले आफ्ना फोन सार्वजनिक गरेको हो । मोटोरोला भारतका कार्यकारी पदका व्यक्तिहरुको उपस्थितीमा कम्पनीले नेपाली बजारमा आफ्ना उत्पादन सार्वजनिक गरेको हो ।
नेपालमा मोटोरोलाका लागि आधिकारीक बिक्रेता चौधरी ग्रुपले सबै किसिमका उपभोक्ताले खरिद गर्नसक्ने रेन्ज फोन भित्र्याएको छ ।

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले विशेष लिगेसी बोकेको ब्रान्डको नेपालमा यो एक महत्वपूर्ण नयाँ सुरुवात भएको बताएका छन् । मोटोरोलाका लागि भारत एवं सार्क देशका प्रमुख विपिन रैनाले नेपाली बजारमा यसले महत्वपूर्ण स्थान बनाउने विश्वास व्यक्त गरेका छन् ।

Dabur Nepal

मोटोरोला पहिलो पटक बजारमा मानिसले किन्न पाउने गरी व्यापारिक रुपमा स्मार्टफोन उत्पादन गर्ने अमेरिकी कम्पनी हो ।

फोन र मूल्य

मोटो जी४५ : ८ जीबी र्याम र १२ जीबी स्टोरेज क्षमता रहेको यो फोनको मूल्य २४ हजार ४९९ रुपैयाँ छ ।

मोटो जी६४ : ८ जीबी र्याम र १२८ जीबी स्टोरेज रहेको यो फोनको मूल्य २७ हजार ४९९ छ । यसको १२ जीबी र्याम र २५६ जीबी स्टोरेज रहेको भेरियन्टको मूल्य ३० हजार ९९९ छ ।

मोटो जी८५ : ८ जीबी र्याम र १२८ जीबी स्टोरेज रहेको मोटो जी८५ को मूल्य ३४ हजार ४९९ रुपैयाँ छ । यस्तै १२ जीबी र्याम र २५६ जीबी स्टोरेज रहेको मोटो जी८५ को मूल्य ३७ हजाार ४९९ रुपैयाँ छ ।

मोटो एज ५० फ्युजन : १२ जीबी र्याम र २५६ जीबी स्टोरेजमा उपलब्ध फोनको मूल्य ४६ हजार ४९९ रुपैयाँ छ ।

मोटो जी०५, मोटो जी३५, मोटो एज ५० र मोटो रेजर ५० को मूल्य भने सार्वजनिक हुन बाँकी छ ।

कम्पनीले विशेष फोल्डेबल डिजाइनको मोटो रेजर ५० ले प्रिमिय प्रयोगकर्तालाई आर्कषित गर्ने अपेक्षा गरेको छ । 

यस्तै मोटो जी४५, जी६४ बजेटमैत्री फोन रहेको सीजीले जनाएको छ ।

फिचर

मोटोरोलाले आफ्ना फोनमा एन्ड्रोइडको पूर्ण अनुभव प्राप्त गर्न सकिने बताएको छ । कम्पनीले क्यामेरा फिचर, दिगो गुणस्तर, कटिङ एज इन्नोभेसन र प्रतिस्पर्धी मूल्यमा आफ्ना फोन उपलब्ध भएको बताएको छ ।

सीजीले सीजी डिजिटलमार्फत शुन्य प्रतिशत ब्याजदरमा विभिन्न इलेक्ट्रोनिक्स खरिद गर्न सकिने सुविधा समेत सार्वजनिक गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १७, २०८१  १६:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro