site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाथीभरामा केबलकार बनाउन सहयोग गर्न आग्रह

काठमाडौं । ताप्लेजुङको फुङलिङ नगरपालिकाले पाथीभरा मन्दिर क्षेत्रमा केबलकार निर्माण कार्य अगाडि बढाउन सहयोग गर्न आन्दोलनरत पक्षलाई आग्रह गरेको छ । मंगलबार (माघ १५) बसेको कार्यापालिकाको ५४औँ बैठकबाट बन्द, हड्ताल नगर्न र वार्ताद्वारा समस्याको समाधान खोज्न आग्रह गरिएको हो ।

‘नो केबलकार’ समूहले आह्वान गरेको बन्द र निषेधका कार्यको भर्त्सना पनि बैठकबाट गरिएको नगर प्रमुख अमिर मादेनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

“...यस्ता बन्द, हड्तालले बालबालिका, वृद्ध, अशक्त, सम्पूर्ण तीर्थालुहरूलाई समेत असर पर्ने र झडप हुँदा नेपालीहरूकै क्षति हुने हुँदा फुङलिङ नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको...,” विज्ञप्तिमा भनिएको छ ।

संघ, प्रदेश र स्थानीय सरकारहरूबाट स्वीकृति लिई पाथीभरा मुकुम्लुङ केबलकार प्रालिले त्यहाँ केबलकार निर्माण कार्य थालेको विज्ञप्तिमा जनाइएको छ ।

“नो केबलकार समूहले विभिन्न माग राखी विरोधका गतिविधि गर्ने क्रममा मिति २०८१।१०।१२ गते फु.न.पा. ११ को बलुडाँडामा सुरक्षा निकाय र नो केबलकार समूहबीच झडप हुँदा सुरक्षा निकाय र विरोधी पक्षका केही व्यक्तिहरू घाइते भई विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा उपचार गराइरहेका घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ,” विज्ञप्तिमा उल्लेख छ ।

मुक्कुमलुङ संरक्षण अन्तर्दलीय संघर्ष समितिले आज (माघ १५)देखि अश्चितकालीन मेची राजमार्ग, तमोर करिडोर, तेह्रथुमबाट ताप्लेजुङ छिर्ने नाकाहरू र ताप्लेजुङभित्र यातायात बन्दलगायत कार्यक्रम आह्वान गरेको छ ।

उक्त क्षेत्रमा केबलकार बनाउन नहुने बताउँदै आएका स्थानीवासी र प्रहरीबीच गएको शनिबार झडप भएको थियो । त्यसक्रममा प्रहरीले गोली चलाएको थियो । गोली लागेर घाइते भएका दुईसहित तीन प्रदर्शनकारीको उपचार जारी छ । काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उनीहरूको उपचार भइरहेको छ । झडपमा केही प्रहरी पनि घाइते भएका थिए । उक्त घटनापछि संघर्ष समितिले यातायात बन्दसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

af-1738056941.jpg
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  १५:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro