site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल बिमा प्राधिकरणको आयोजनामा शुद्धीकरण निवारणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा कार्यक्रमको आयोजना गरिएको हो ।

‘वित्तीय क्रियाकलापमा पारदर्शिता, सम्पत्ति शुद्धीकरण निवारणमा प्रतिबद्धता’ भन्ने नाराका साथ मनाउन लागिएको ‘सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस’को पूर्वसन्ध्यामा कार्यक्रम आयोजना गरिएको हो ।

नेपाल बिमा प्राधिकरणका अध्यक्ष मदन दहालले सम्पत्ति शुद्धीकरण निवारण गर्ने राष्ट्रिय दायित्व बिमा क्षेत्रको पनि भएकाले बताए । उनले यही दायित्व अनुसार जिम्मेवारीपूर्वक काम गर्न बिमा कम्पनीका कार्यान्वयन अधिकारीहरूलाई निर्देशन दिए ।

बिमा क्षेत्रमा हुन सक्ने सम्पत्ति शुद्धीकरण निवारणका लागि नेपाल बिमा प्राधिकरणमा छुट्टै शाखा स्थापना गरिएको र बिमा कम्पनीहरूलाई समेत यससम्बन्धी कार्य गर्ने गरी छुट्टै शाखा स्थापना गर्न निर्देशन दिइएको छ ।

अध्यक्ष दहालले बिमा कम्पनीहरूलाई सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी तालिमलगायत आवश्यक प्राविधिक सहयोग गर्न प्राधिकरण तयार रहेको बताए ।

कार्यक्रममा डा. हरि कुमार नेपालले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी समग्र विषयमा प्रस्तुति दिएका थिए । कार्यक्रममा नेपाल बिमा प्राधिकरणका निर्देशक कमलप्रसाद रेग्मी तथा उपनिर्देशक पदमप्रसाद सोडारी र जीवन बिमा कम्पनी, निर्जीवन बिमा कम्पनी, लघुबिमा कम्पनी तथा पुनर्बिमा कम्पनीका कार्यान्वयन अधिकारीहरूको सहभागिता थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  १२:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro