site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
तीन अर्ब ४० करोडमा नोबेलले ल्यायो क्यान्सर उपचारका लागि ईडीजीई

काठमाडौं । नोबेल मेडिकल कलेजमा रेडिएसन थेरापीसहितको क्यान्सर रोगको उपचार गर्ने प्रविधि ल्याइएको छ । अत्याधुनिक सुविधासहितको यो प्रविधि नेपालमै पहिलोपटक ल्याइएको हो ।

यस्तो प्रविधि एसियाको ६ ठाउँमा मात्रै उपलब्ध भएको अवस्थामा सांसद डा. सुनील शर्माले आफ्नै अस्पताल विराटनगरस्थित नोबेल मेडिकल कलेजमा पहिलोपटक सञ्चालनमा ल्याएका हुन् । 

डा. शर्माले उत्कृष्ट प्रविधिसहित गुणस्तरीय क्यान्सर उपचारमा नयाँ आयाम स्थापित गर्दै रेडिएसन थेरापी सेवा सुरु गराएका हुन् । डा. शर्माले ३ अर्ब ४० करोड रुपैयाँ लगानी गरेर नयाँ भवन, अत्याधुनिक प्रविधिसहित दक्ष जनशक्तिको व्यवस्था गरी नेपालमै क्यान्सरको सहज उपचार सेवाको सुरुआत गरेका हुन् । 

नेपालमै पहिलोपटक नोबेल मेडिकल कलेजमा जडान भएसँगै अब आम नागरिकलाई क्यान्सर उपचारमा थप सहज हुने विश्वास अस्पतालको छ । यस उपकरणमा रहेको ६ डी काउच, हाइपर आर्क, एचडी एम आईसी, एसआर एस र एसबी आरटीले शल्यक्रियाबिना नै क्यान्सर सेललाई निर्मुल गर्ने दाबी गरिएकाे छ ।  

आईजी आरटी, आईएम आरटी, भीएम एटीजस्ता प्रविधिले सामान्य सेललाई क्षति नगरी केवल क्यान्सर सेललाई मात्र लक्षित गर्ने क्षमता राख्छ । ब्राकी थेरापीले बिनादुखाई उपकरणको सहायताले शरीरभित्र पुगेर क्यान्सर सेललाई नष्ट गर्ने दाबी गरिएकाे छ । ४ डी आरटीसीटी नामक सिटी स्क्यान मेसिनले रेडिएसन थेरापीलाई थप प्रभावकारी बनाउँछ । —न्युज एजेन्सी नेपाल 

प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१  १०:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro