site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
चौपाया छाडा छाड्नेलाई सात हजार रुपैयाँ जरिवाना
फाइल तस्बिर ।

भैरहवा (रूपन्देही) । जथाभाबी छाडा चौपाया छाड्ने चौपायाधनीलाई सिद्धार्थनगर नगरपालिकाले जरिवाना तिराउन थालेको छ । छाडा चौपाया नियन्त्रण र व्यवस्थापन अभियान थालेको नगरपालिकाले चौपाया धनीलाई पहिलोपटक सात हजार जरिवाना तिराएको हो ।

नगरमा छाडा गाईवस्तु बढ्न थालेपछि नियन्त्रण गर्न नगरपालिकाले गत हप्तादेखि अभियान सञ्चालन गरिरहेको छ । अभियानअन्तर्गत हालसम्म ७८ वटा गाई गोरुको व्यवस्थापन गरिएको नगरपालिकाका प्रवक्ता मुक्तिनाथ यादव (भोला)ले जानकारी दिए ।

Dabur Nepal
NIC Asia

“छाडा चौपाया आफ्नो भनी दाबी गर्न आउनुभएका दुई जनालाई सात हजार रुपैयाँका दरले जरिवाना गरेर गाई जिम्मा लगाएका छौँ,” यादवले भने, “छाडा चौपाया नियन्त्रणका लागि स्थानीय सरकारले गरेको निर्णयबमोजिम पहिलो पटकलाई सात हजार जरिवाना गराई फेरि छाडा नछोड्ने सर्तमा सम्बन्धित धनीलाई जिम्मा लगाइएको हो ।”

गत वर्ष नवलपरासीको गौशालामा चौपाया व्यवस्थापन गरेको नगरपालिकाले हाल कपिलवस्तुको बाणगंगा नगरपालिका–२ मा रहेको गौशालामा चौपाया व्यवस्थापन गर्न थालेको छ । 

छाडा चौपायाले सडकमा जाम गर्नुका साथै बालीनाली खाइदिन थालेपछि छाडा चौपाया व्यवस्थापन अभियान थालिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तिायक अहमद खानले बताए ।

गाई पाल्ने किसानले बाच्छो जन्मेको केही दिनमै माउसँग छुटाउने र बजारमा छाडिदिने, दूध दिन छाडेपछि गाईलाई घरबाट लखट्ने गरेकाले नगरमा छाडा चौपायाको समस्या हुने गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले जानकारी दिए । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  १४:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro