site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
लोकतन्त्र र गणतन्त्र बलियो बनाउन स्वच्छ प्रशासन आवश्यक : खापुङ

काठमाडौं । कोशी प्रदेशका प्रदेशप्रमुख परशुराम खापुङले लोकतन्त्र र गणतन्त्रलाई बलियो बनाउन स्वच्छ प्रशासन आवश्यक रहेको बताएका छन् । 

प्रदेश लोकसेवा आयोगको पाँचौँ वार्षिकोत्सवका अवसरमा बुधबार विराटनगरमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख खापुङले लोकसेवा आयोगले स्वच्छ र सबल प्रशासन बनाउन निष्पक्ष भूमिका खेल्नुपर्ने बताए । उनले लोकसेवा आयोगलाई आफ्नो निष्पक्षता र विश्वसनीयता कायम राखेर अघि बढ्न आग्रह समेत गरे । 

Dabur Nepal
NIC Asia

कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकारले आवश्यक कानुन निर्माण नगरिदिँदा प्रदेश सरकार चलाउन समस्या भइरहेको धारणा राखे । उनले प्रदेश संरचनालाई जनताको आवश्यकताको रूपमा परिणत गर्न प्रयासरत रहेको बताए । 

प्रदेश लोकसेवा आयोगले भौतिक पूर्वाधार अभाव र न्यून कर्मचारीको बाबजुद चार हजार ४३ पदका लागि विज्ञापन गरेको र दुई हजार १०२ जनालाई सिफारिस गरिएको प्रदेश लोकसेवा आयोगका सचिव तीर्थ धितालले जानकारी दिए । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  १४:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro