site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अखिल (क्रान्तिकारी)मा नेतापिच्छेका उमेदवार
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को विद्याथी संगठन (अनेरास्ववियू क्रान्तिकारी)को महाधिवेशनमा केन्द्रीय नेतापिच्छेका उमेदवार देखिएका छन् । माघ १२ गते हुने निर्वाचनमा नेताहरूका छुट्टाछुट्टै उमेदवार बनेपछि पेचिलो बनेको छ । अध्यक्षमा ६ जनाको उमेदवारी परेको छ ।

क्रान्तिकारीका नेताहरूका अनुसार पुष्पकमल दाहाल प्रचण्डले विजयप्रकाश शर्मा सापकोटालाई अध्यक्ष र सञ्जयकुमार महतोलाई महासचिव बनाउन चाहेका छन् ।  

उपमहासचिव वर्षमान पुनले सुदिन पौडेललाई अध्यक्षमा अघि सारेका छन् ।

अर्का उपमहासचिव जनार्दन शर्माले हेमन्त राई अध्यक्ष र रोशन थापामगरलाई महासचिव बनाउन चाहेका छन् ।

नारायणकाजी श्रेष्ठले अध्यक्ष उपदेश यादव र महासचिव सञ्जिव फुयाललाई बनाउन चाहेका छन् ।

महासचिव देव गुरुङ र उपाध्यक्ष पम्फा भुसालले अध्यक्षमा विश्वमणि थापा र महासचिवमा तिर्सना हमाललाई साथ दिएका छन् ।

नेतैपिच्छेका उमेदवार भएपछि केन्द्रले उमेदवारी फिर्ता गराउन पहल गरिरहेको छ ।

“उमेदवारी फिर्ता गराउन केन्द्रले पहल गरिरहेकै छ । अध्यक्ष प्रचण्ड उपत्यका बाहिर भएकाले टुंगोमा पुग्न बाँकी छ,” एक नेताले भने ।

केन्द्रीय पदाधिकारी, सचिवालय सदस्य, केन्द्रीय सदस्य, आयोगका पदाधिकारी तथा सदस्यहरू गरी जम्मा कुल ३१२ पदका लागि जम्मा ५०० जनाको उमेदवारी परेको थियो । उमेदवारी फिर्ता हुन बाँकी छ । ३२ वर्षे उमेरहद लागु भएसँगै आकांक्षी नेताहरू रिङ आउट भइसकेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  १८:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro