site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सशस्त्र प्रहरीले मनायाे २४औँ वार्षिक दिवस

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको आयोजनामा ‘२४औँ सशस्त्र प्रहरी दिवस २०८१’ सम्पन्न भएको छ । गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यमा  सशस्त्रको प्रधान कार्यालय हल्चोक स्वयम्भूमा बुधबार विशेष समारोहकाबीच सशस्त्र प्रहरी दिवस सम्पन्न भएको हो । 

समारोहमा गृहमन्त्री लेखकले अमर सशस्त्र प्रहरी स्मारकमा पुष्पहार चढाउनुका साथै अमर सशस्त्र प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । सो अवसरमा अवकाशप्राप्त सशस्त्र प्रहरी नायव महानिरीक्षक नवराज विष्टलाई ‘एपीएफ लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरियो । 

त्यस्तै, गृहमन्त्री लेखकले यस वर्ष उत्कृष्ट बाहिनी हुन सफल सशस्त्र प्रहरी बल, नेपाल नं ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेश बहादुर ठाडा मगरलाई ‘उत्कृष्ट बाहिनी अवार्ड’ प्रदान गरे । यसअघि ०७८ सालमा पनि महानिरीक्षक ठाडा मगरको नेतृत्वमा नं २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी उत्कृष्ट बाहिनी बन्न सफल भएको थियो ।

उक्त समारोहमा गृहमन्त्री लेखकले ‘सशस्त्र प्रहरी वर्ष पुस्तक २०८१’ को लोकार्पण समेत गरे । समारोहमा गृहमन्त्री लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको शुभकामना सुनाए । 

गृहमन्त्री लेखकले सशस्त्र प्रहरी बल नेपालले जुनसुकै अवस्थामा आइपरेका कठिनाइ र चुनौतीपूर्ण परिस्थितिमा समेत जिम्मेवारी कुशलतापूवर्क निर्वाह गरेको बताए । सीमा सुरक्षा र अवैध गतिविधि रोकथामका लागि सशस्त्र प्रहरी बल नेपालको विशेष योगदान रहेको उनले बताए । 

उनले संगठनको विस्तार गर्न थप जनशक्तिको व्यवस्थापनसहित बोर्डर आउट पोस्ट समेत थप गर्न गृह मन्त्रालय प्रयासरत रहेको बताए । उनले सशस्त्र प्रहरीको क्षमता वृद्धि, प्रविधिको विस्तार, जनशक्तिको व्यवस्थापन र सुविधामा आफू सदैव प्रतिबद्ध रहेको बताए । 

सशस्त्र प्रहरी बल नेपालमातहत स्थापना गर्न लागेको फायर फाइटिङ स्कुलसम्बन्धी प्रस्ताव अघि बढाइएको चर्चा गर्दै गृहमन्त्री लेखकले डिजास्टर भोलेयन्टियरको अवधारणालाई समेत मन्त्रालयले सकारात्मक रुपमा लिएको बताए । 

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक कृष्णमोहन श्रेष्ठलगायत सम्पूर्ण अमर सशस्त्र प्रहरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे । साथै उनले कर्तव्यपालनको सिलसिलामा घाइते भई उपचाररत सकल दर्जाका राष्ट्रसेवकको शीघ्र स्वास्थ्य लाभको कामना गरे । 

महानिरीक्षक अर्यालले नागरिकको अपेक्षा अनुरूपको सुरक्षा सरोकारको रूपमा ग्रहण गरी राज्यको जिम्मेवार, भरोसायोग्य र व्यावसायिक सुरक्षा निकायको रूपमा जनमानसमा स्थान सुरक्षित गर्न सशस्त्र प्रहरी सफल भएको विश्वास व्यक्त गरे । 

सीमा सुरक्षाको अभेद्य पर्खालको रूपमा संगठनले केचनाकवलदेखि सगरमाथाको चुचुरोसम्म सबै भूगोलमा अर्थपूर्ण उपस्थिति जनाउँदै नागरिकको उद्धारमा क्रियाशील रहेको बताए । 

भूकम्प, बाढी पहिरो, आगलागी, महामारी तथा दुर्घटनाजस्ता प्राकृतिक तथा गैह्रप्राकृतिक विपद्का घटनासम्म उद्धारका हात पुर्याउन हरदम तत्पर रहेको उनले बताए । 

सशस्त्र प्रहरी बलले सीमा इलाकाका जनतासँग रचनात्मक तथा भावनात्मक रूपमा जोडिन ६१ वटा स्वास्थ्य शिविर, ७ सय २७ जनालाई समुदाय विपद् स्वयंसेवक तालिम प्रदान तथा ५ सय १४ जना लाभान्वित हुने गरी सीपमूलक तालिम सञ्चालन तथा ५३ वटा शीघ्र असर आयोजना जस्ता कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । 

लागुऔषधको अवैध प्रयोग तथा कारोबार मुख्य सुरक्षा चुनौतीमध्ये एक रहेको भन्दै उनले सीमा क्षेत्रमा यसको प्रयोग अझ बढी पाइएको बताए । समारोहमा महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल नेपालका अधिकृतहरूबाट संकलित ५१ लाख ३९ हजार ४ सय २ रुपैयाँ बराबरको चेक गृहमन्त्रीलाई हस्तान्तरण गरे । 

समारोहमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, आर्थिक विकास सल्लाहकार तथा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका मुख्य सचिव, नेपाली सेनाका प्रधानसेनापति, नेपाल राष्ट्र बैंकका गभर्नर, गृहसचिव, नेपाल सरकारका सचिवलगायत सशस्त्र प्रहरीका विभिन्न तहका पदाधिकारी उपस्थित थिए । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, माघ ९, २०८१  १८:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro