देश
काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणको मुद्दामा रूपन्देही जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने बयान सकिएको छ । बुधबार न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा लामिछानेको बयान भएको हो ।
अब योगीकै इजलासले थुनछेक आदेश गर्नेछ । थुनछेक बहस बिहीबार (भोलि)मात्रै हुने अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिए ।
भोलि सुरुमा सरकारी वकिलका तर्फबाट बहस हुनेछ । त्यसपछि जाहेरवाला र लामिछानेका वकिलले बहस गर्नेछन् ।
बहस सकिएपछि इजलासले थुनछेक आदेशमार्फत लामिछानेलाई थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा छाड्ने आदेश गर्नेछ ।
प्रकाशित मिति: बुधबार, माघ ९, २०८१ १६:५६
प्रतिक्रिया दिनुहोस्