site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जिल्ला अदालत रूपन्देहीमा हाजिर हुँदै रवि लामिछाने
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने आज जिल्ला अदालत रूपन्देहीमा हाजिर हुने भएका छन् । यसका लागि रवि मंगलबार नै भैरहवा पुगिसकेका छन् ।  

बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम अपचलन अभियोगमा लामिछानेलाई अभियुक्त बनाइएपछि उनी जिल्ला अदालत रूपन्देहीमा हाजिर हुने भएका हुन् ।

रविसहित ४२ जनालाई अभियुक्त बनाउँदै रूपन्देही जिल्ला अदालतमा आइतबार मात्रै मुद्दा दर्ता गरिएको थियो ।

सुप्रिम सहकारीको १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको खुलेको थियो । जसमध्ये दुई करोड रुपैयाँ प्रक्रिया पूरा नगरी लामिछानेको नाममा ऋण गएको उल्लेख थियो ।

रविसहितका आरोपीविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको ठगी कसुर र संगठित अपराधको मुद्दामा सजाय माग गर्दै मुद्दा दर्ता भएको छ । 

यसअघि सहकारी ठगी आरोपमा कास्की र काठमाडौं जिल्ला अदालतबाट लामिछाने क्रमशः ६५ लाख र ६० लाख रुपैयाँ धरौटीमा छुटेका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ९, २०८१  ०७:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro