राजनीति
पोखरा । गण्डकी प्रदेशको हिउँदे अधिवेशन यही माघ २१ गतेदेखि सुरु हुने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले माघ २१ गते प्रदेशसभा बैठक डाक्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
गण्डकी प्रदेशसभामा अहिले पनि दुईवटा विधेयक विचाराधीन छन् । त्यसबाहेक नयाँ विधेयक भने दर्ता भइसकेका छैनन् । बजेट अधिवेशन असोज ८ गते सकिएको थियो । यो अधिवेशनमा १० वटा जति विधेयक ल्याउने सरकारको तयारी छ । त्यसमा गाँजा विधेयकदेखि घरेलु मदिरा व्यवस्थापन विधेयक समेत छन् ।
प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१ १९:२८
प्रतिक्रिया दिनुहोस्