site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मन्त्रीको आश्वासन : एक वर्षभित्र धरानमा खानेपानीको टेन्डर
Tiktok banner adTiktok banner ad

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले धरानमा खानेपानीको समस्या चाँडै समाधान गर्ने आश्वासन दिएका छन् । खानेपानी मन्त्रालयमा पुगेका धरानका मेयर हर्क साम्पाङलाई मन्त्री यादवले धरानमा खानेपानीका लागि यही वर्ष टेन्डर निकाल्ने आश्वासन दिएका हुन् । 

मन्त्री यादवले आफू धरानवासीप्रति सधैँ सकारात्मक रहेको बताउँदै खानेपानीको समस्या समाधानका लागि एकीकृत खानेपानी आयोजनाअन्तर्गत एसियाली विकास बैंकको ऋण सहयोगमा यस वर्षभित्र खानेपानीसम्बन्धी टेन्डर आह्वान गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले धरानका जनताको मागअनुसार खानेपानी मन्त्रालयले काम गर्ने र धरानको समस्या छिटै समाधान हुने बताए । 

मन्त्री यादवले खानेपानीको समस्या देशैभर रहेको भन्दै धरानमा मात्र हैन देशैभरको खानेपानीको समस्या समाधान गर्ने दाबी गरे । 
खानेपानीमन्त्री यादवसँगको भेटपछि मेयर साम्पाङले धरानमा खानेपानीको समस्या समाधान हुनेमा आफू सकारात्मक भएको बताए । 

धरानको खानेपानी समस्या समाधानका लागि मंगलबार सिंहदरबार पुगेका मेयर साम्पाङले खानेपानीमन्त्री यादवसँग भेट गरेर आफ्ना समस्या राखेका थिए । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  १७:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro