site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नेपाल बारले पाँचाैँ ल एसिया सम्मेलन गर्ने 

काठमाडौं । नेपाल बार एसोसिएसनले पाँचाैँ ल एसिया अन्तराष्ट्रिय मानव अधिकार सम्मेलनको आयोजना गर्ने भएको छ । बार एसोसिएसनले मंगलबार पत्रकार सम्मेलन गर्दै यसबारे जनकारी दिएको हो । 

आउँदो फागुन ३ गतेदेखि फागुन ५ गतेसम्म दुई दिन सम्मेलनको आयोजना गर्ने बारले जानकारी दिएको छ । सम्मेलनको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 

Dabur Nepal
NIC Asia

‘मानव अधिकारको सहनशीलता : प्राविधिक, वातावरणीय र सामाजिक चुनौतीहरूको सामना’ भन्ने विषयवस्तुका मुद्दालाई सम्मेलनमा सम्बोधन गरिने नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरले जानकारी दिए । नेपालमा पहिलोपटक सम्मेलनको आयोजना गर्न पाउँदा गर्व महसुस भएको अध्यक्ष घिमिरले बताए । 

विश्वभरका न्यायपालिका, कानुन व्यवसायी, मानवअधिकारकर्मीको सहभागितामा नेपालमा हुने यस सम्मेलनले नेपालको मानवअधिकार संरक्षण र प्रवर्द्धनमा योगदान पुग्ने उनले विश्वास व्यक्त गरे । 

सम्मेलनमा ल एसियाका सदस्य गैरसदस्यगरी २० भन्दा बढी राष्ट्रका १५० सयभन्दा बढी प्रतिनिधिले सहभागिता जनाउनेछन् । सम्मेलनमा मानव अधिकार, आदिवासी जनजाति, समुदायका अधिकारी गरी १२ वटा विषयगत सत्रमा छलफल हुने बार एसोसिएसनले जनाएको छ ।

ल एसियाले कानुनी पेसाको हक हितका लागि आवाज मुखरित गर्ने संस्थाको रूपमा विगत ५० वर्षदेखि काम गर्दै आएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  १५:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro