site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
राष्ट्रपतिको शपथसँगै ट्रम्पको घोषणा : अमेरिका–मेक्सिको सीमामा राष्ट्रिय संकटकाल 

काठमाडौं । आज सोमबार अमेरिकाको ४७औँ राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पले शपथ लिएका छन् । ट्रम्पको ह्वाइट हाउसमा यो दोस्रो कार्यकाल हो।

‘‘आजबाट अमेरिकाको स्वर्ण युग सुरु भएको छ। हाम्रो देश अब समृद्ध र सम्मानित हुनेछ,’’ राष्ट्रपतिको शपथपछि आफ्नो पहिलो भाषणमा ट्रम्पले भने, ‘‘म स्पष्ट रूपमा भन्न चाहन्छु कि म सधैँ अमेरिकालाई प्राथमिकता दिनेछु ।’’

Dabur Nepal
NIC Asia

ट्रम्पले न्याय विभागको अनुचित र भेदभावपूर्ण प्रयोगको अन्त्य गरिने बताए। उनले अमेरिकाको सार्वभौमसत्ता र सुरक्षा पुनर्स्थापित हुनेछ उल्लेख गर्दै न्यायको सन्तुलन पनि पुनर्स्थापित हुने बताए । उनले भने, ‘‘हाम्रो सर्वोच्च प्राथमिकता स्वाभिमान, समृद्धि र स्वतन्त्रताले भरिपूर्ण मुलुक निर्माण गर्ने हो ।’’

डोनाल्ड ट्रम्पले राष्ट्रपति बनेपछि आफ्नो योजनाबारे जानकारी दिएका छन् । उनले आज अमेरिका–मेक्सिको सीमामा राष्ट्रिय संकटकाल घोषणा गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने बताए ।

ट्रम्पले अवैध प्रवेशलाई तुरुन्तै रोकिने र सरकारले लाखौँ ‘अपराधी आप्रवासी’लाई आफ्नो देशमा फिर्ता गर्ने प्रक्रिया सुरु गर्ने बताए।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  ००:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro