site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
ट्रम्पको आश्वासनपछि अमेरिकामा टिकटकको सेवा पुनः सुरु 

काठमाडौं । डोनाल्ड ट्रम्पको आश्वासनपछि सामाजिक सञ्जाल एप टिकटकले अमेरिकामा आफ्नो सेवा सुचारु गरेको छ ।

नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति पद ग्रहण गरेपछि एपलाई प्रतिबन्धबाट राहत दिन कार्यकारी आदेश जारी गर्ने आश्वासन दिएपछि टिकटकले यो कदम चालेको हो ।

टिकटकले अमेरिकामा आफ्नो सेवा बन्द गरेको थियो । अमेरिकी कानुनअनुसार टिकटकले राष्ट्रिय सुरक्षालाई उदृत गर्दै एपमाथि प्रतिबन्ध लगाउन आह्वान गरेको थियो ।

ट्रम्पले टिकटकलाई प्रतिबन्धबाट ९० दिनसम्म छुट दिनसक्ने बताएका छन् । विगतमा ट्रम्प टिकटकमाथि प्रतिबन्ध लगाउने पक्षमा थिए ।

अमेरिकी सर्वोच्च अदालतले शुक्रबार टिकटकमाथि प्रतिबन्ध लगाउने कानुनको पक्षमा फैसला गरेको थियो । यसपछि अमेरिकामा प्रतिबन्ध लागु हुनुभन्दा केही घन्टाअघि टिकटकले आफ्नो सेवा बन्द गरेको थियो । बीबीसी

प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  ०७:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro