site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
वकिलमाथि आक्रमण : ठट्यौलीमै थापाले गम्भीर प्रश्न उठाएपछि जवाफबिनै बाहिरिए श्रेष्ठ

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथिको आक्रमणविरुद्ध आइतबार सर्वोच्च बार एसोसिएसनले विरोध कार्यक्रम राख्यो । हातमा कालोपट्टीसहित आयोजित विरोध प्रदर्शनमा नेपाल बार एसोसिएसनका पूर्वअध्यक्षहरूसहित वरिष्ठ अधिवक्ताहरूको उलेख्य उपस्थिति थियो ।

नेपाल बार एसोसिएसनको आसन्न निर्वाचनका कारण पनि वरिष्ठ अधिवक्ताहरूको उपस्थिति उलेख्य देखिन्थ्यो ।

स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा यही माघ २ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासबाट रास्वपा सभापति रवि लामिछाने ६० लाख धरौटीमा छुटेका थिए ।

Dabur Nepal
NIC Asia

त्यतिखेर वरिष्ठ अधिवक्ता त्रिपाठीले पीडितहरूका तर्फबाट जवाफी बहसमा संगठित रूपमा पीडितको पैसाको अपचलन भएकाले लामिछानेलाई थुनामै राख्नुपर्ने दलिल पेस गरेका थिए ।

उक्त बहस सकिएर बाहिरिँदै गर्दा अदालत परिसरबाहिर वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि हातपात भएको थियो ।

उक्त आक्रमणको औपचारिक विरोध कार्यक्रममा वरिष्ठ अधिवक्ताहरूले वकिलको पेसागत धर्म र त्यसमा रहनुपर्ने नागरिक दृष्टिकोणसहितका विषयमा बौद्धिक खुराकसहित सम्बोधन गरेका थिए ।

सम्बोधन सकिएपछि वरिष्ठ अधिवक्ताहरू नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष शम्भु थापा र पूर्वमहासचिव रमन श्रेष्ठबीच ठट्यौली चल्यो ।

ठट्यौलीमा विरोध प्रदर्शनकै सन्दर्भ पूर्वअध्यक्ष थापाले निकालेका थिए । उनले विपक्षमा बहस गरेकै आधारमा रास्वपा समर्थक कुटपिटमा उत्रिएको भन्दै श्रेष्ठसँग व्यंग्य गरेका थिए ।

रमनसँगै व्यंग्यको कारण थियो, श्रेष्ठले लामिछानेका तर्फबाट बहस गरेका थिए भने कुटाइखाने वरिष्ठ अधिवक्ता त्रिपाठीले सहकारीपीडितका तर्फबाट ।

पीडितका तर्फबाट निःशुल्क बहस गरेका त्रिपाठीलाई रास्वपा समर्थकले भने रविविरुद्धको बहसका रूपमा अथ्र्याउँदै आक्रमण गरेका थिए । त्यहीकारण थापाले श्रेष्ठसँग ठट्यौली संवाद गरेका हुन् ।

संवादमा वरिष्ठ अधिवक्ता थापाले भने, “तपाईंले रास्वपालाई यसरी वकिलहरूमाथि आक्रमण नगर भन्नुपर्ने भयो रमनजी । नत्र त वकिलहरूको त बेहाल हुने भयो नि !”

थापाले ठट्यौलीमै गम्भीर प्रश्न उठाएपछि श्रेष्ठले भने संवाद छोट्याएका थिए ।

“खोइ के हो ? के हो दाइ ?,” रमनले ठट्यौलीमा सहभागी नहुने आशयसहित बिदा लिए ।

त्यसबारे थप जिज्ञासा राख्दा श्रेष्ठले संवादको विषय थप राख्न चाहेनन् । तर, उनले जसले, जुन पक्षबाट बहसमा रहेको भए पनि आक्रमण गर्नु गलत भएको टिप्पणी गरे ।

“वकिलले त पक्षको प्रतिनिधित्व गरेर बहस गर्ने हो । त्यसका आधारमा आक्रमण गर्नु सर्वथा गलत हो,” श्रेष्ठले भने, “मैले त फी लिएर रविजीको तर्फबाट बहस गरेको हुँ । रास्वपाका विषयमा मलाई जानकारी हुने वा सुझाव दिने कुरा भएन नि !”

थापाले भने आफूले औपचारिक कार्यक्रममा नबोलेको कुरा समाचारको विषय बन्नु नहुने भन्दै संवादका सबै विषय समाचार नबन्ने बताए ।

“औपचारिक कार्यक्रमभन्दा बाहिर त जे जे विषयमा जसरी पनि संवाद हुन सक्ने भयो । सबै विषय समाचार त हुँदैनन् नि !,” थापाले बह्रखरीसँग भने, “औपचारिक कार्यक्रममा जे भनियो त्यो पो समाचारको विषय बन्ने हो ।”

रास्वपा पार्टीमा आबद्ध नरहेका श्रेष्ठलाई थापाले पक्षको प्रतिनिधित्व गरेकै आधारमा व्यंग्य गरेका थिए । श्रेष्ठले पनि रास्वपाको जिम्मा लिन नसक्ने र आक्रमणको समर्थन समेत गर्न नसक्ने हुँदा बहस नै छोट्याएका थिए ।

नेपाल बार एसोसिएसनको महासचिवसम्म भएर काम गरेका श्रेष्ठ आसन्न बार चुनावमा अध्यक्षको उमेदवार बन्न इच्छुक छन् । त्यसैले पनि श्रेष्ठ पेसागत धर्मकै पक्षमा उभिन र विवादका विषयमा अल्झन चाहँदैनन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ६, २०८१  १७:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
9 KFC9 KFC
9 Citizen Bank9 Citizen Bank
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro