site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गाजामा आक्रमण जारी, युद्धविराम अझै लागु नभएको इजरायली सेनाको दाबी
तस्बिर : रोयटर्स ।

जेरुसेलम । इजरायली सेनाले प्यालेस्टाइनी इस्लामिक लडाकु समूह (हमास)विरुद्ध गाजामा आक्रमण जारी राखेको छ । समूहले रिहा हुने बन्धकको सूची उपलब्ध नगराएकाले युद्धविराम अझै लागु नभएको इजरायली सेनाले जनाएको छ ।

“आईडीएफले अहिले पनि गाजा क्षेत्रभित्र आक्रमण जारी राखेको छ । प्रधानमन्त्रीको निर्देशनानुसार हमासले आफ्नो प्रतिबद्धता पूरा नगरेसम्म युद्धविराम लागु हुने छैन,” इजरायली सेनाका प्रवक्ता रियर एडमिरल डेनियल हागारीले एक टेलिभिजन वक्तव्यमा भनेका छन् ।

एएफपीको फुटेजमा भने मध्य सहर देइर अल–बलाहमा स्थानीय समयानुसार ८ः३० बजेपछि सयौँ गाजावासीले युद्धविराम लागु भएकामा खुसी व्यक्त गर्दै प्रदर्शन गरिरहेका छन् । धेरैले मोबाइलमा फोटो खिचिरहेका थिए, ताली बजाइरहेका थिए र एकार्कालाई अँगालो हालेका थिए ।

करिब ३० मिनेटपछि एएफपी टीभीले उत्तरपूर्वी गाजामा खैरो धुवाँको बाक्लो मुस्लो उठेको देखायो । त्यस क्षेत्रमा इजरायली सेनाले हवाई आक्रमण गरेपछि उक्त दृष्य देखिएको हो ।

हमासले सम्झौताअनुरूप फिर्ता गर्ने ३३ बन्धकको सूची पठाउन प्राविधिक समस्याका कारण ढिलो भएको जनाएको छ । रासस/एएफपी

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, माघ ६, २०८१  १४:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro