site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
भुसाल भन्छन्– भारदार र हाम्रा नेताहरू फरक छन् साँच्चै ?

काठमाडों । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले पार्टीको पञ्चायतीकरण र नेताहरूको राजतन्त्र कायम रहेको टिप्पणी गरेका छन् । शनिबार (जेठ १७) ललितपुरमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

गणतन्त्रको स्टिकर टाँसेर मात्र यो व्यवस्था रहन नसक्ने उनले उल्लेख गरे । देश र जनता बनाउनुको ठाउँमा नेताहरू धन कमाउनतर्फ केन्द्रित भइरहेका उनले बताए । लोकतन्त्रमा दल नसुध्रीकन नहुनेमा उनले जोड दिए ।

Argakhachi Cement Island Ad

“पार्टीहरू पञ्चायतजस्ता भए । अलिअलि छलफल त पञ्चायत, राष्ट्रिय पञ्चायतमा पनि हुन्थे । पार्टीहरूको पञ्चायतीकरण, नेताहरूको राजातन्त्र,” उनले भने, “गणतन्त्रको एउटा स्टिकर टाँसेर हुने हो कि ? हामी धन कमाउनु, धमाउनु आदि इत्यादि काममा हामी गयौँ । लोकतन्त्रमा दल नसुध्रीकन हुँदैन ।”

महाससचिव भुसालले भारदारहरू र हालका नेतामा कुनै फरक नरहेको टिप्पणी गरे । लोकतन्त्रका नेताको विलासी जीवनशैली, व्यवहार नसुधारेसम्म दुर्दिन अझै लम्बिने बताए ।

“भारदारहरू र हाम्रा नेताहरू फरक छन् साँच्चै ? भन्न सक्छौँ ? म गणतन्त्रवादी, मेरा नेता र राजाका भारदारको जीवनमा फरक छैन,” उनले भने, “तिनले बस्ने कुर्सी, तिनले हिँड्ने तरिका, तिनका भेटघाट, रातिको भेटघाट, सम्पत्ति । साँच्चै कति कति फरक छ ?” न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, जेठ १७, २०८२  १७:५४
प्रतिक्रिया दिनुहोस्