राजनीति
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले गृहमन्त्री रमेश लेखकलाई छलफलका लागि बोलाएको छ ।
बिहीबार बसेको समितिको बैठकले शुक्रबार बस्ने बैठकमा गृहमन्त्री लेखकलाई राष्ट्रिय परिचयपत्रको विषयमा छलफल गर्न समितिमा बोलाएको हो ।
समिति सभापति रामहरि खतिवडाले बैठकले शुक्रबार गृहमन्त्री रमेश लेखकलाई राष्ट्रिय परिचयपत्रको बारेमा छलफल गर्न बोलाउने निर्णय गरेको बताए ।
उनले भने, "राष्ट्रिय परिचयपत्रको बारेमा छलफल गर्न शुक्रबार गृहमन्त्रीलाई बोलाएका छौँ ।"
प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१ २१:१४
प्रतिक्रिया दिनुहोस्