site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सैफ ‘खतरामुक्त’, घरबाट ‘फिंगर प्रिन्ट’ संकलन

काठमाडौं । सैफ अली खानको टोलीले शल्यक्रियापछि अभिनेता अब खतरामुक्त रहेको जनाएको छ ।

सैफको टोलीले एक विज्ञप्तिमा भनेको छ, “उनी हाल निको भइरहेका छन् । चिकित्सकले उनको निगरानी गरिरहेका छन् । परिवारका सबै सदस्य सुरक्षित छन् र प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।”

सैफको टोलीले लीलावती अस्पतालमा उनको उपचार गरिरहेका चिकित्सकहरूलाई धन्यवाद पनि दिएको छ ।

सैफमाथि आक्रमण भएपछि उनको बान्द्रास्थित घरबाट फिंगर प्रिन्ट अर्थात् औँलाको निसान संकलन गरिएको छ ।

एक कर्मचारीले भने, “हामी फिंगर प्रिन्ट विभागका हौँ । हामीले फिंगर प्रिन्ट लिइसकेका छौँ । थप प्रक्रियाबारे हाम्रा वरिष्ठले जानकारी गराउनेछन् ।”

घटनाको अनुसन्धान गर्न प्रहरी पनि सैफको घरमा पुगेको छ ।

अभिनेता सैफ अली खानमाथि हिजो राति चक्कु प्रहार भएको थियो । घटनापछि उनलाई लीलावती अस्पतालमा भर्ना गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१  १५:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro