site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सैफ अली खानमाथि चक्कु प्रहार, अस्पताल भर्ना

काठमाडौं । बलिउड अभिनेता सैफ अली खानमाथि गए राति चक्कु प्रहार भएको छ ।

प्रहरी अधिकारी दीक्षित गोदमले बीबीसी मराठीसित भने, “एक अज्ञात व्यक्ति सैफ अली खानको घरमा प्रवेश गरे । त्यसपछि सैफ र ती व्यक्तिबीच हातपात भयो । यसमा अभिनेता घाइते भएका छन् र उनको उपचार भइरहेको छ । अनुसन्धान भइरहेको छ ।”

समाचार एजेन्सी एएनआईले मुम्बई प्रहरीलाई उद्धृत गर्दै एक व्यक्ति सैफको घरमा प्रवेश गरेर घरेलु कामदारसँग झगडा गरेको जनाएको छ । त्यसपछि सैफले हस्तक्षेप गर्न खोज्दा ती व्यक्तिले उनीमाथि आक्रमण गरेको एएनआईले उल्लेख गरेको छ ।

अंग्रेजी पत्रिका हिन्दुस्तान टाइम्सको रिपोर्ट अनुसार, राति करिब २.३० बजे सैफ अली खान र उनकी पत्नी करीना कपूरको बान्द्रास्थित घरमा एक चोर पसेको थियो । त्यस समयमा सैफ आफ्नो परिवारसँग घरमा थिए ।

घटनास्थलबाट चोर भागेको र प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको उक्त रिपोर्टमा उल्लेख छ ।

घटनाबारे एक वरिष्ठ आईपीएस अधिकारीलाई उद्धृत गर्दै रिपोर्टमा भनिएको छ, “सैफ अली खानलाई लीलावती अस्पतालमा भर्ना गरिएको छ ।”

अस्पतालले के भन्यो ?
यसैबीच, लीलावती अस्पतालका सीओओ डा. नीरज उत्तमानीले हिन्दुस्तान टाइम्सलाई भने, “सैफलाई उनको घरमा अज्ञात व्यक्तिले आक्रमण गरेको थियो । उनलाई करिब ३.३० बजे लीलावती अस्पतालमा ल्याइएको थियो ।”

उनले अगाडि भनेका छन्, “उनको ६ ठाउँमा चोट लागेको छ, जसमध्ये दुई गहिरो छन् । एउटा घाउ मेरुदण्डको छेउमा छ । उनको शल्यक्रिया भइरहेको छ । चोट कति गहिरो छ, शल्यक्रियापछि थाहा हुनेछ ।”

चिकित्सक उत्तमानीले सैफको घाँटीमा पनि चोट लागेको बताएका छन् । चोट कत्तिको गहिरो छ भनेर हेरिँदै छ । बिहान साढे ५ बजेदेखि शल्यक्रिया सुरु गरिएको उनले बताए । बीबीसी हिन्दीबाट ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१  १०:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro