site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निफको आठौँ संस्करणमा ‘भूठान’ नदेखाइने 

काठमाडौं । चलचित्र ‘भूठान’ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा नदेखाउने निर्माणपक्षले जनाएको छ । टिमबाट निफमा आवेदन दिइएको भए पनि चलचित्र निफमा स्क्रिनिङ नगर्ने निर्माणपक्षले बाह्रखरीलाई जानकारी दियो । 

“टिम ठूलो भएकाले टिमभित्रैबाट कसैले आवेदन दिइएको थाहा हुन आयो । तर, निर्देशक र निर्माताबीच सल्लाह भएर आवेदन दिइएको होइन,” भूठानका एक निर्माताले बाह्रखरीसँग भने, “त्यसैले निफमा हाम्रो चलचित्र स्क्रिन हुँदैन ।”  

निफको आठौँ संस्करण चैत ७ गते देखि ११ गतेसम्म हुँदै छ । ७० देशबाट प्राप्त ६०० भन्दा धेरै चलचित्रबाट निफको आठौँ संस्करणमा ४० देशका ८७ वटा चलचित्र छानिएको निफका अध्यक्ष केपी पाठकले जानकारी दिए । 

छनोटमा परेका थुप्रै चलचित्र बुसान, कान्स, लोकार्नो, बर्लिन आदि प्रतिष्ठित फेस्टिभलमा पनि प्रदर्शन भइसकेका छन् ।
  
फेस्टिभललाई राष्ट्रिय र अन्तर्राष्ट्रिय गरेर दुई किसिमले बर्गिकरण गरी दुवै बर्गिकरणमा फिचर र लघु चलचित्र साथै वृत्तचित्र विधामा अवार्ड वितरण गरिनेछ । प्रविधिमा आएको विकासलाई आत्मासात गर्दै एआईबाट बनेको चलचित्रको प्रतिस्पर्धा पनि थप गरिएको पाठकले जानकारी दिए । 

यसवर्ष महोत्सवमा प्रदर्शन हुने चलचित्रहरू क्यूएफएक्स सिनेमाका सिभिल मल र छाया सेन्टरका हलमा प्रदर्शन हुनेछन् । पर्यटन बोर्डको हल र राष्ट्रिय सभागृहमा विभिन्न किसिमका बहस र सम्वाद हुनेछन् । 

महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकि डलरसहित गौतमबुद्ध अवार्ड प्रदान गरिनेछ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिचर फिल्मबाट कुनै एक चलचित्रलाई ‘अन्तर्राष्ट्रिय चलचित्र समाज महासंघ’को तर्फबाट अवार्ड प्रदान गरिनेछ । 

महोत्सवमा सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय वृत्तचित्रलाई एक हजार डलर राशिको माउन्ट एभरेष्ट अवार्ड र सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय लघु चलचित्रलाई ५ सय डलरको वाग्मती अवार्ड प्रदान गरिनेछ । एआई चलचित्रलाई ५०० अमेरिकि डलर राशिको मन्जुश्री अवार्ड प्रदान गरिनेछ ।

यसैगरी नेपाली प्रतिस्पर्धाअन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई एक लाख नगद र ट्रफी, उत्कृष्ट सर्ट फिल्म र उत्कृष्ट वृत्तचित्रलाई ५०–५० हजार नगद र ट्रफी प्रदान गरिनेछ ।

राष्ट्रिय सर्ट फिल्ममध्येबाट उत्कृष्ट निर्देशकलाई ट्रफी प्रदान गरिनेछ भने राष्ट्रिय फिचर फिल्मतर्फका उत्कृष्ट निर्देशक, लेखक, छायांकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफी प्रदान गरिनेछ । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१  १०:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro