site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
न्यायाधीशसँग अनुमति माग्दै रवि लामिछानेले भने– मुद्दामा प्रक्रिया पुगेको छैन, खारेज गरियोस् 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं सहकारी ठगीका आरोपित रवि लामिछानेले आफूविरुद्धको मुद्दा खारेज गर्न माग गरेका छन् । बुधबार काठमाडौं जिल्ला अदालतमा थुनछेक र सरकारी वकिलको जवाफी बहस सकिएपछि उनले न्यायाधीश माधवप्रसाद अधिकारीसँग यस्तो अनुरोध गरेका हुन् ।

“मैलै नागरिकता लिँदा प्रक्रिया पुगेको थिएन, त्यसले कसैलाई हानि नगरे पनि मेरो सांसद पद गयो,” न्यायाधीशसँग अनुमति मागेर लामिछानेले भने, “यो मुद्दामा प्रक्रिया पुगेको छैन, प्रक्रियामा नै त्रुटि छ । त्यसैले यो खारेज गरियोस् श्रीमान् ।”

Dabur Nepal
NIC Asia

बुधबार लामिछानेतर्फबाट वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधिवक्ता रमन श्रेष्ठ, वरिष्ठ अधिवक्ता एवं पूर्वमहान्यायाधिवक्ता सुशीलकुमार पन्त, सुरज बस्नेत र सुरेन्द्र काफ्लेले बहस गरेका थिए । अधिवक्ता राजेन्द्र सेढाइँले भने बहस नोट मात्र बुझाएका थिए ।

त्यसपछि सरकारी वकिलले जवाफी बहस गरेका थिए । सरकारी वकिलले जवाफी बहस सकाएपछि अहिले आदेश लेखन कार्य भइरहेको छ ।अदालतले साधारण तारेख, धरौटीमा रिहा वा पुर्पक्षका निम्ति थुनामा पठाउनेमध्ये एक आदेश गर्नेछ ।

काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाइएको छ ।

उक्त मुद्दामा सोमबार सरकारी वकिल कार्यालयका तर्फबाट नौजनाले बहस गरेका थिए । सोही दिन जाहेरवालाका तर्फबाट डा. सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठीले बहस गरेका थिए ।

थुनछेक बहस बाँकी रहेकाले उक्त दिन उनलाई अदालतले न्यायिक हिरासतमा पठाएको थियो । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको जिम्मा लगाइएको थियो ।

यही पुस २५ गते कास्की जिल्ला अदालतले लामिछानेलाई पोखराको सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा ६५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । धरौटी रकम बुझाएर सोही दिन उनी थुनामुक्त भएका थिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २, २०८१  १५:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro