site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
च्यारिटीमा दर्शक रुवाएको ‘जुना’को टिजरले के भन्छ ? 

काठमाडौं । केही वर्षअगाडि सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको थियो । भिडियो थियो, सिनेमा हेरेर रोइरहेका व्यक्तिहरूको । च्यारिटी शो मा चलचित्र हेर्न पुगेका दर्शक इमोस्नल भएर रोएको भिडियो थियो ।

त्यो चलचित्र थियो, ‘जुनाः एक व्यथा’ । यो चलचित्र आमदर्शकका लागि माघ २५ मा रिलिज हुनेछ । ‘जुना’ टिजर पनि सार्वजनिक भएको छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

टिजरमा अस्मिता ढकालसँगै कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, अनिता बस्नेत, कमल बोहोरालगायत कलाकारलाई देख्न सकिन्छ । अनमेल विवाहले नारीको जीवनमा कस्तो असर पार्छ भन्ने कथा अस्मितामार्फत टिजरमा प्रस्तुत गरिएको छ ।

निर्माणपक्षले चलचित्र ‘जुना’ बाल विवाह तथा महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले निर्माण गरिएको बताएको छ ।  निर्देशक जीवन सेञ्चुरीले ‘बाल विवाह सामाजिक अपराध हो । त्यसकारण यसलाई अन्त्य गरौं’ भन्ने नारा लिएको बताए ।

‘‘जुनाः एक व्यथा’ नेपाली समाजमा व्याप्त महिला हिंसा, बाल विवाह, अनमेल विवाह, बहुविवाह, बलात्कार, जबरजस्ती करणी, छाउपडीजस्ता कुप्रथालाई अन्त्य गर्ने राष्ट्रिय आवश्यकतालाई चलचित्रको माध्यमबाट सम्बोधन गर्ने प्रयास गरिएको छ,” निर्देशक सेञ्चुरीले भने ।

चलचित्रमा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, कमल बोहोरा, अस्मिता बस्नेत र खगेन्द्र न्यौपानेको अभिनय छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २, २०८१  ११:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro