site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
यस्तो हुनेछ इजरायल र हमासबीचको सम्झौता

काठमाडौं । इजरायल र हमास युद्धविरामको सम्झौता नजिक पुगेका छन् । मध्यस्थकर्ता राखेर हमास र इजरायल कतारको दोहामा वार्ता गर्दै छन् ।

एपी न्युजले हमास र इजरायलबीच छलफल भइरहेको सम्झौताको ड्राफ्ट नै सार्वजनिक गरेको छ । एपीका अनुसार, युद्धविरामको पहिलो चरण ४२ दिनको हुनेछ । त्यसपछि क्रमश: अरू दुई चरणको युद्धविराम हुनेछ ।

७ अक्टोबर २०२३ मा इजरायलमा हमला गरेको हमासले २५१ जनालाई बन्धक बनाएको थियो । उनीहरूमध्ये १५७ जना रिहा भइसकेका छन् । सन् २०२३ को २४ नोभेम्बरदेखि ३० नोभेम्बरसम्म भएको युद्धविरामका क्रममा हमासले १०९ जना बन्धक रिहा गरेको थियो ।

आठ जना बन्धकको इजरायली सेनाले उद्धार गरेको थियो । हमासको नियन्त्रणमा रहेकामध्ये ३७ जना बन्धकको मृत फेला परिसकेका छन् । त्यसैगरी, इजरायली सेनाको आक्रमणमा परेर तीन बन्धकको मृत्यु भएको छ । अहिले हमासको नियन्त्रणमा ९४ जना छन् ।

इजरायली सरकारका अनुसार, यी ९४ जनामध्ये ३४ जनाको मृत्यु भइसकेको छ । ६० जनामात्र जीवितै हमासको नियन्त्रणमा छन् । हमासले मृतकको शरीर पनि कब्जामा राखेको छ ।

पहिलो चरण (४२ दिन)

– हमासले ३३ बन्धक रिहा गर्नेछ  । रिहा हुनेमा महिला, महिला सैनिक, ५० वर्ष माथिका बन्धक हुनेछन् ।

– हमासले रिहा गरेका एक बन्धकको बदलामा इजरायलले ३० जना प्यालेस्टिनी रिहा गर्नेछ । हमासले रिहा गर्ने एक महिला सैनिकको बदलामा ५० जना प्यालेस्टिनी रिहा गर्नेछ ।

– युद्ध रोकिनेछ । इजरायली सैनिक गाजा क्षेत्रका बस्तीबाट पछाडि सरेर गाजाको किनारामा पुग्नेछ ।

– विस्थापित भएका प्यालेस्टिनीहरू घर फर्किन पाउनेछन् । गाजा क्षेत्रमा थप सहायता सामग्री जान दिइनेछ ।

दोस्रो चरण (४२ दिन)

– दिगो शान्तिको घोषणा गरिनेछ ।

– हमासले बाँकी रहेका पुरुष बन्धक (सैनिक र नागरिक) रिहा गर्नेछ । यसको बदलामा इजरायलले कति मान्छे रिहा गर्ने भनेर तय भइसकेको छैन । गाजा क्षेत्रबाट इजरायली सैनिक पूर्णरूपमा बाहिरिनेछ ।

तेस्रो चरण

– हमासको नियन्त्रणमा रहेका बन्धकको शव र इजरायली कब्जामा रहेको प्यालेस्टिनीको शव फिर्ता गरिनेछ ।

– गाजा पुनःनिर्माण योजना कार्यान्वयन गरिनेछ ।

– गाजा क्षेत्रमा भित्रिन र बाहिरिन बोर्डर क्रसिङ खुल्ला गरिनेछ ।

प्रकाशित मिति: बुधबार, माघ २, २०८१  १५:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro