site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
अमेरिकामा खिचियो ‘हिउँको गीत’, वर्षा र जोयस मुख्य भूमिकामा

काठमाडौं । अभिनेत्री वर्षा राउत र जोयस पाण्डेको मुख्य भूमिका रहेको चलचित्र ‘हिउँको गीत’को छायांकन सम्पन्न भएको छ । अमेरिकाको ओहायोको क्लिभल्यान्ड सहरमा हलिउडका चलचित्र छायांकन गरिने सुविधा सम्पन्न स्टुडियोमा छायांकन गरिएको चलचित्र पेन्सलभेनिया राज्यको पिट्सबर्ग सहरमा अन्तिम दृश्यको छायांकन गरेसँगै चलचित्र सम्पादन चरणमा प्रवेश गरेको हो । 

जोयश पाण्डेयसँगको संयुक्त लेखनमा तयार चलचित्रलाई विमल सुवेदीले निर्देशन गरेका हुन् । 

नेपाली भाषी भुटानी तथा नेपाली आप्रवासीको कथा समेटिएको चलचित्रमा  भुटान, नेपाल र अमेरिकामा जन्मे हुर्केका फरकफरक पुस्ताका सपना, आकांक्षा र संघर्षको कथा प्रस्तुत गरिएको निर्माण समूहले जनाएको छ ।  

KFC Island Ad
Dabur Nepal
NIC Asia

एउटा परिवार तर फरक पुस्ता, परिवेश र अनुभव बोकेका सदस्यमार्फत् चलचित्रले समग्र नेपालीभाषी भुटानीको आफ्नै देशबाट लखेटिनुअघि सरकारबाट योजनाबद्ध बर्बर यातनादेखि लखेटिएका थिए । त्यसपछि नेपालको शरणार्थी शिविर र अमेरिका पुगेपछि परिवारका फरकफरक सदस्यमा देखिने संरचनात्मक र मनोवैज्ञानिक असरलाई चलचित्रको कथ्यमा समेटिएको निर्माता समुन्द्र राज घिमिरेले जनाएका प्रेस नोटमा उल्लेख छ । 

भारतको नयाँ दिल्लीस्थित नेसनल स्कुल अफ ड्रामाबाट रंगमञ्चका विभिन्न आयाम अध्ययन गरेपछि नेपाल फर्किएर थिएटर भिलेजमार्फत् नाटक लेखन, निर्देशन तथा कला निर्देशन, अध्यापनमा सक्रिय सुवेदीले भुटानी शरणार्थीका विषयमा नेपाल तथा भारतमा थुप्रै काम गरिसकेका छन् ।  

‘हिउँको गीत’ १२ वर्षअघि विजारोपण भएको थियो । सुवेदीले पछि यसलाई नाटकको रुपमा भारतमा प्रस्तुत गरे, जसबाट उनले प्रसिद्ध तीनवटा मेटा अवार्ड पनि जितेका थिए । गत वर्ष अमेरिकामा सोही कथामा ‘हिटलर आउँदैछ’ नाममा सांगीतिक नाटकसमेत बनाएका थिए । 

“यो चलचित्र नेपालीभाषी भुटानीको पहिलो दृश्यात्मक ऐतिहासिक दस्तावेजसमेत हुनेछ,” निर्देशक सुवेदी भन्छन्, “बच्चा अवस्थादेखि पढेका, सुनेका र कथा लेखनका विभिन्न चरणमा नेपालको शरणार्थी क्याम्पदेखि नाटक निर्माणका क्रममा भेटेका सयौँ व्यक्तिसँग भेटेर सुनेको अनुभवको आधारमा यो फिल्म तयार भएको हो । यसले भुटानी नेपालीको मात्र कथा भन्दैन, अमेरिका आएका संसारका आप्रवासीको कथा समेट्छ ।”

सुवेदीले चलचित्र नेपाली र अंग्रेजी गरी दुई भाषामा चलचित्र खिचिएको बताएका छन् । चलचित्र सम्पादन, ध्वनि, संगीत, रंग संयोजन तथा पर्दा पछाडिका कार्यमा फरकफरक समूहले समानान्तर रूपमा काम गर्नेछन् । कथ्य संरचना नै बेग्लै रहने अर्को चलचित्रको नाम ‘द स्नो इज सिङ्ङिङ’ राखिएको छ ।

चलचित्रलाई ह्याप्पी होम स्टुडियोजको प्रस्तुतिमा जोयश पाण्डेय, विमल सुवेदी र समुन्द्रराज घिमिरेले निर्माण गरेका हुन् । ओहायो राज्यको एक्रोन, कोलम्बस, पेन्सिलभेनिया वरिपरिका नेपालीभाषी भुटानी समुदायको सहजिकरणमा तयार भएको चलचित्र निर्माणको अन्तिम चरणसम्म थिएटर भिलेज र गाउँ स्टुडियोले सहकार्य गर्ने छन् । 

चलचित्रमा वर्षा र जोयशबाहेक पूजा चन्द, आकाश खतिवडा, ईशिर कर्मचार्य,थोमस किथ स्कट, केदार उप्रेती, आर. बी. खड्का, अर्जुन रसाइली, समीर रेग्मी, मनोरथ खनाल, नीलम खनाल, इशान कर्माचार्यलगायत कलाकारको अभिनय छ । 

चलचित्रमा नेपाल, भुटान, ताइवान, चीन, मेक्सिको मूलका फिल्मकर्मीले काम गरेका छन् । फिल्मलाई चिनइन गाउले खिचेका हुन् भने निशान घिमिरेले सम्पादन गर्नेछन् । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २, २०८१  १०:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro