site stats
बाह्रखरी :: Baahrakhari
कला
दिलीपकी छोरी भन्छिन्– स्टार किड्सलाई चलचित्रमा प्रवेश गर्न सजिलो, प्रमाणित गर्न कठिन 
तस्बिर : चलचित्र ‘पिताम्बर’को फेसबुक पेजबाट ।

काठमाडौं । नायिका दिव्या रायमाझीले स्टार किड्स हुँदा चलचित्र उद्योगमा प्रवेश गर्न सजिलो तर आइसकेपछि काम प्रमाणित गर्न ‘डबल’ कठिन हुने गरेको बताएकी छन् । 
 
सेलिब्रिटीको छोराछोरी भएकाले चलचित्र उद्योगमा प्रवेश गर्न सजिलो भए पनि टिकिरहन कठिन भएको दिव्याको बुझाइ छ ।     

“मेरो बुवाले तीन दशकदेखि काम गरेर यति धेरै योगदान दिनुभएको छ । यसले पक्कै पनि मलाई यो क्षेत्रमा प्रवेश गर्न सहज भयो,” सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भनिन्, “स्टार किड्स भएका भएपछि यहाँ छिर्न गाह्रो तर काम प्रमाणित गर्न डबल कठिन हुने रहेछ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अरुले सय प्रतिशत दिँदा पुग्ने तर स्टार किड्सले दुई सय प्रतिशत दिनुपर्ने दिव्या बताउँछिन् । “जति काम गरेको छु त्यो काम दर्शकले देखेपछि थप सुधार गर्दै जाने उनको भनाइ छ,” उनले भनिन् । 

दिव्याले ‘एक्टर’ र ‘पिताम्बर’मा काम गरेकी छन् । दुवै चलचित्र रिलिज हुन बाँकी छ  ।

चलचित्र ‘पिताम्बर’ निर्देशक कृषा चौलागाईंले दिव्याले सोचेभन्दा राम्रो काम गरेको बताएकी छन् । सेटमा पुगेको सुरुमा केही आत्रिए पनि पछि ‘नेक्स्ट’ लेवलको काम दिएको बताइन् । 

सुरुमा आफ्नै कारणले दिव्या आत्तिएको कृषाको भनाइ छ । “दिव्यालाई सुरुमा मैले जति काम निकाल्न खोजिरहेको थिएँ, सकिरहेको थिइनँ । उनी नर्भस भइरहेकी थिइन्,” कृषाले स्मरण गरिन्, “पछि म आफैँले म अलि हेवी भएर प्रस्तुत भएकाले उनले काम गर्न सकिनन् कि भन्ने लाग्यो । ऊ सिरियस भएको देखेपछि मैले परिवारको सदस्यजस्तो सामान्य हिसाबले ट्रिट गर्न थालेपछि दिव्याबाट नेक्स्ट लेवलको काम आयो ।” 

दिव्याको अभिनयमा दर्शकले खोट नलगाउनेमा कृषा ढुक्क छिन् । 

प्रकाशित मिति: बुधबार, माघ २, २०८१  १४:३७
प्रतिक्रिया दिनुहोस्