site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘ताण्डवम्’ र ‘डोरी’को पोस्टर सार्वजनिक

काठमाडौं । चलचित्र ‘ताण्डवम्’ र ‘डोरी’को पोस्टर सार्वजनिक भएको छ । मंगलबार एकै दिन निर्माणपक्षले चलचित्रको पोस्टर सार्वजनिक गरेका हुन् । 

‘ताण्डवम्’लाई जुनिम गहतराजको निर्देशन गरेका हुन् । ‘डोरी’लाई अरुण लामाले निर्देशन गरेका छन् । 

Dabur Nepal
NIC Asia

‘ताण्डवम्’को पोस्टर रिलिजसहित प्रदर्शन मिति घोषणा गरिएको छ । यो चलचित्र फागुन ९ गतेबाट प्रदर्शनमा आउनेछ  । 

सार्वजनिक पोस्टरमा सिनेमाका मुख्य कलाकारहरु क्यारेक्टर लुक्समा प्रस्तुत छन् । पोस्टरमा पुष्कर गुरुङ, प्रेम सुब्बा, सरिना मगर, अंकित खड्का, अनोज पाण्डे र जुनिम गहतराज प्रस्तुत छन् । यो सिनेमाबाट कलरिस्ट जुनिमले निर्देशनमा डेब्यु गरेका हुन् । कमल कार्की र गोपाल कटुवालको पनि सिनेमामा अभिनय रहेको छ । 

एक नवविवाहित जोडी जो आफ्नो पहिलो सन्तानको स्वागतको तयारी गरिरहँदा उनीहरूको जीवनमा घट्ने अकल्पनीय घटनाले निम्त्याउने उतारचढावको कथालाई पारिवारिक तथा एक्सन थ्रिलर जनरामा प्रस्तुत गरिएको छ । 

चलचित्र ‘डोरी’ चैत १५ मा प्रदर्शन हुँदै छ । पोस्टरले चलचित्रको कथावस्तु र भावनात्मक गहिराइको झल्को दिने प्रयास गरेको छ ।

पोस्टरले कथामा समावेश हुने संघर्ष, रहस्य र गहन भावनालाई संकेत गरेको छ । । पोस्टरमा चलचित्रका कलाकार वीरेन्द्र सिंह कुशवाहाको क्रोधित अनुहार देखिन्छ । 

‘डोरी’को लेखन तथा निर्देशन अरुण लामाले गरेका हुन् । यसमा अनुभवी र नव–प्रवेशी कलाकारहरूको अभिनय छ । प्रवीण खतिवडा, शिशिर बाङ्देल, प्रकाश घिमिरे, अरुण लामा, अञ्जना बराइली, वीरेन्द्र सिंह कुशवाहा, राज पौडेल, कविता आले, राज थापा, नूतनलगायतको अभिनय रहेको छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २, २०८१  ११:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro