site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दक्षिण कोरियाली राष्ट्रपति युन पक्राउ 

काठमाडौं । महाभियोगको सामना गरिरहेका दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योल पक्राउ परेका छन् । 

उनका समर्थक र विरोधीहरू उनी पक्राउ पर्नुअघि युन सुक–योलको घरबाहिर जम्मा भएका थिए । समर्थकहरूले युन सुक–योललाई पक्राउ गर्नबाट रोक्ने प्रयास गरिरहेका थिए । 

प्रहरीले यसअघि पनि युन सुक–योललाई पक्राउ गर्ने प्रयास गरेको थियो । 

युन सुक–योलले गत वर्ष डिसेम्बर ३ मा ‘मार्सल ल’ लगाउने घोषणा गरेका थिए । विरोधका कारण केही घण्टापछि उनले उक्त ल लगाउने निर्णय फिर्ता लिएका थिए ।

डिसेम्बर १४ मा युन सुक–यो विरुद्ध ल्याइएको महाभियोग प्रस्ताव संसदमा पारित भएको थियो । तर, उनलाई त्यहाँको संवैधानिक अदालतले मात्रै राष्ट्रपति पदबाट हटाउन सक्छ ।

डिसेम्बर ३१ मा दक्षिण कोरियाली अदालतले युन सुक–योललाई पक्राउ गर्न वारेन्ट जारी गरेको थियो । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, माघ २, २०८१  ०८:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro