
काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले गृहमन्त्रीलाई जवाफ दिने वातावरण बनाउन विपक्षी दल असहमत भएकाले सदन अवरुद्ध भएको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठक स्थगित भएपछि संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले अहिले गृहमन्त्रीबारे प्रश्न उठेपछि जवाफ दिन पाउने अधिकार हनन भएको बताए ।
कोही व्यक्तिमाथि प्रश्न उठेपछि जवाफै दिन नपाउने गलत नजिर संसद्मा बसाउन नहुने उनको भनाइ छ । बर्तौलाले दलहरूबीच आन्तरिक छलफल गरेर निकास निकाल्न समझदारीबमोजिम नै बुधबारसम्म (भोलि)का लागि संसद् स्थगन गरिएको जानकारी दिए ।
उनले गृहमन्त्रीले जवाफ दिएपछि विपक्षीले भनेअनुसार छानबिन समिति गठन, गृहमन्त्रीको राजीनामालगायत विषयमा छलफल गर्न सकिने बताए ।