site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
देवी प्रतिभा देशको गौरव : रेणु दाहाल

चितवन । चितवनको देवघाटमा सुरु भएको देवघाट महामहोत्सवमा कथावाचनका निम्ति आइपुगेकी ख्यातिप्राप्त कथावाचिका देवी प्रतिभालाई चितवनको भरतपुर महानगरपालिकाले स्वागत गरेको छ ।

भरतपुर महानगर प्रमुख रेणु दाहालले देवी प्रतिभालाई महानगरमा स्वागत गरेकी हुन् । सो अवसरमा महानगर प्रमुख दाहालले देवी प्रतिभा देशको गौरव भएको उल्लेख गरिन् । 

Dabur Nepal
NIC Asia

भरतपुर महानगरले जनचाहनाअनुरूपको विकासका कामलाई प्राथमिकता दिएको उल्लेख गर्दै उनले भरतपुर क्षेत्रको प्रचार र प्रवर्द्धनमा भूमिका खेल्न आग्रह पनि गरिन् । 

सो अवसरमा देवी प्रतिभाले भरतपुर टेक्नेबित्तिकै विकासको गति देखेर आफू खुसी भएको प्रतिक्रिया दिइन् । देवी प्रतिभाले अब १० दिनसम्म देवघाटमा कथा प्रवचन गर्ने कार्यक्रम रहेको महामहोत्सवका संयोजक डा. केशव भुर्तेलले जानकारी दिए । 

देवघाटधाममा मातापिता आश्रम निर्माणका लागि माघ ३० गतेसम्म देवघाट महामहोत्सव चल्ने बताइएको छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १, २०८१  १७:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro